LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आफ्नो फाइनल सम्भावना कायमै राखेको छ । एपीएफले बुधबार रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा अंक तालिकाको पुछारमा रहेको कोशी प्रदेशलाई २ विकेटले पराजित गर्दै फाइनल सम्भावना जीवित राखेको हो ।
एपीएफको जितमा लोकेश बमले उत्कृष्ट ब्याटिङ गरे । उनले नटआउट ८४ रन जोडेपछि एपीएफले कोशीले दिएको २ सय ५५ रनको लक्ष्य ४४.४ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोशीले शकिब हकको ६८, आइस भट्टराईको ३४, सुजन थपलियाको ३३ र कप्तान अंकित सुवेदीको ३५ रनको मद्दतमा २५४ रन जोडेको थियो । बलिङमा एपीएफका अभिषेक गौतम र मौसम ढकालले ३–३ तथा रोहितकुमार पौडेलले २ विकेट लिए । लोकेश प्लेयर अफ द म्याच भए । अंक तालिकाको तेस्रो स्थानमा रहेको एपीएफले लिग चरणका सबै खेल खेल्दा १४ अंक जोडेको छ ।
एक खेल बाँकी रहेको त्रिभुवन आर्मी क्लबको पनि १४ अंक छ । रनरेटमा आर्मी अघि छ । अन्तिम खेलअघि १६ अंक जोडेको शीर्ष स्थानको नेपाल पुलिस क्लब भने फाइनलमा पुगिसकेको छ ।
अब पुलिस र आर्मीबीच बिहीबार एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा हुने लिगको अन्तिम खेलपछि फाइनलमा पुग्ने दोस्रो टोलीको टुंगो लाग्नेछ ।
आर्मी फराकिलो अन्तरले पराजित भएमा एपीएफको फाइनल सम्भावना हुनेछ । यद्यपी आर्मी झिनो अन्तरले हारे पनि फाइनलमा पुग्ने सम्भावना छ । कोशी भने प्रधानमन्त्री कपमा ९ खेल खेल्दा केवल १ खेलमा मात्र जित निकाल्न सफल भयो भने अंक तालिकाको पुछारमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय