LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

कैलाली।  नागरिक उन्मुक्ति पार्टीका नेता तथा मधेश प्रदेशका भौतिक पूर्वाधार मन्त्री श्यामसुन्दर चौधरीले आर्थिक लेनदेनसम्बन्धी अडियो सार्वजनिक भएपछि राजीनामा दिएका छन्। सार्वजनिक अडियोमा मन्त्री चौधरीले ठेक्का सम्झौतासम्बन्धी आर्थिक लेनदेनबारे कुराकानी गरेको सुनिन्छ।

अडियो बाहिरिएपछि विपक्षी दलहरू, नागरिक समाज र सामाजिक सञ्जालमा चौधरीको व्यापक आलोचना भएको थियो। चौतर्फी दबाब बढेपछि उनले पदबाट राजीनामा दिएको घोषणा गरेका छन्। चौधरीले राजीनामासँगै आफू कुनै अनियमिततामा संलग्न नभएको दाबी गर्दै भने, “नैतिकताका आधारमा राजीनामा दिएको हुँ, सत्यतथ्य बाहिर आउनु आवश्यक छ।”

प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले चौधरीको राजीनामा स्वीकृत गर्दै घटनाको छानबिन गरिने बताएका छन्। यस घटनाले प्रदेश सरकारभित्रको सुशासनप्रति गम्भीर प्रश्न उठाएको छ भने आम नागरिकमा सरकारप्रति अविश्वास बढेको देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय