LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देही , १८ चैत । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले पत्रकारको हत्या र सन्चारगृहमाथिको आक्रमणको निन्दा गर्दै स्थानिय प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । महासंघका जिल्ला अध्यक्ष दिनेश पान्डेको नेतृत्वमा ईलका प्रशासन कार्यलय बुटवलान पुगि पत्रकारको टिमले पत्रकार सुरेश रजकको हत्यारालाई तत्काल पहिचान गरि पक्राउ गर्न पनि आग्रह गरेको छ ।

राजावादिहरुको आन्दोलनको क्रममा काठमाडौंमा केही दिन अगाडि रिपोर्टिङमा खटिएका पत्रकार रजकको प्रदर्शनकारिले गरेको आगजानिमा परि मृत्यु भएको थियो ।

ज्ञापनपत्र बुझाउदै अध्यक्ष पान्डेले रिपोर्टिङमा खटिएका पत्रकारको हत्या गरिएको उल्लेख गर्दै तत्काल दोषि पत्ता लगाई कारबाहि गर्न माग गरेका छन् । महासंघले पत्रकारहरु ढुक्क भएर रिपोर्टिङमा खटिन सक्ने अवस्था नरहेको भन्दै राज्य पत्रकारको सुरक्षाकोलागि गम्भीर बन्नुपर्ने बताएको छ ।
महासंघ रुपन्देहीले आन्दोलनको नाममा पत्रकारको हत्या गर्ने, पत्रकारहरुलाई आक्रमण गर्ने र सन्चारगृहमाथि तोडफोड तथा आगजानि गर्ने कार्य अपराधिक गतिविधि भएको उल्लेख गर्दै राज्यले दोषिलाई कारबाहि, मृतकलाई राहत र घाईतेलाई उपचार नगरे चरणबद्ध कडा आन्दोलन गर्ने बताएको छ ।


ज्ञापनपत्र बुझाउन महासंघ अध्यक्ष पान्डेको नेतृत्वमा केन्द्रीय सदस्य रामराज पोखरेल, महासंघ रुपन्देही उपाध्यक्षद्वय विश्वास ढकाल र अस्मिना पान्डे, प्रेस चौतारि नेपाल केन्द्रीय सचिव प्रदिप आचर्य, समाजवादि प्रेस संगठन केन्द्रीय उपाध्यक्ष विनोद परियार, प्रेस युनियन जिल्ला सभापति कबिन्द्र नेपाल, प्रेस चौतारि जिल्ला अध्यक्ष भगवती पान्डे, रास्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी अध्यक्ष नरेश के सी, अनलाईन एशोसियसन नेपाल लुम्बिनी अध्यक्ष गौतम भुसाल लगायत सहभागी रहेको पत्रकार महासंघ रुपन्देहीका सूचना अधिकारी समेत रहेका सचिव सिपि खनालले बताए

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय