LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

रुपन्देही , १८ चैत । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले पत्रकारको हत्या र सन्चारगृहमाथिको आक्रमणको निन्दा गर्दै स्थानिय प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । महासंघका जिल्ला अध्यक्ष दिनेश पान्डेको नेतृत्वमा ईलका प्रशासन कार्यलय बुटवलान पुगि पत्रकारको टिमले पत्रकार सुरेश रजकको हत्यारालाई तत्काल पहिचान गरि पक्राउ गर्न पनि आग्रह गरेको छ ।

राजावादिहरुको आन्दोलनको क्रममा काठमाडौंमा केही दिन अगाडि रिपोर्टिङमा खटिएका पत्रकार रजकको प्रदर्शनकारिले गरेको आगजानिमा परि मृत्यु भएको थियो ।

ज्ञापनपत्र बुझाउदै अध्यक्ष पान्डेले रिपोर्टिङमा खटिएका पत्रकारको हत्या गरिएको उल्लेख गर्दै तत्काल दोषि पत्ता लगाई कारबाहि गर्न माग गरेका छन् । महासंघले पत्रकारहरु ढुक्क भएर रिपोर्टिङमा खटिन सक्ने अवस्था नरहेको भन्दै राज्य पत्रकारको सुरक्षाकोलागि गम्भीर बन्नुपर्ने बताएको छ ।
महासंघ रुपन्देहीले आन्दोलनको नाममा पत्रकारको हत्या गर्ने, पत्रकारहरुलाई आक्रमण गर्ने र सन्चारगृहमाथि तोडफोड तथा आगजानि गर्ने कार्य अपराधिक गतिविधि भएको उल्लेख गर्दै राज्यले दोषिलाई कारबाहि, मृतकलाई राहत र घाईतेलाई उपचार नगरे चरणबद्ध कडा आन्दोलन गर्ने बताएको छ ।


ज्ञापनपत्र बुझाउन महासंघ अध्यक्ष पान्डेको नेतृत्वमा केन्द्रीय सदस्य रामराज पोखरेल, महासंघ रुपन्देही उपाध्यक्षद्वय विश्वास ढकाल र अस्मिना पान्डे, प्रेस चौतारि नेपाल केन्द्रीय सचिव प्रदिप आचर्य, समाजवादि प्रेस संगठन केन्द्रीय उपाध्यक्ष विनोद परियार, प्रेस युनियन जिल्ला सभापति कबिन्द्र नेपाल, प्रेस चौतारि जिल्ला अध्यक्ष भगवती पान्डे, रास्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी अध्यक्ष नरेश के सी, अनलाईन एशोसियसन नेपाल लुम्बिनी अध्यक्ष गौतम भुसाल लगायत सहभागी रहेको पत्रकार महासंघ रुपन्देहीका सूचना अधिकारी समेत रहेका सचिव सिपि खनालले बताए

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय