भारतको नयाँदिल्लीदेखि नेपालको मुक्तिनाथ धामसम्मको पदयात्रामा निस्किएको धार्मिक टोलीलाई सोमबार बुटवलमा स्वागत गरिएको छ ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको योगीकुटीमा पदयात्रा टोलीलाई स्वागत गर्दै धार्मिक पदयात्राले नेपालको धामिक पर्यटन क्षेत्रको विकासमा ठूलो सहयोग पुग्ने बताउनुभयो ।
उहाँले बुटवललाई धार्मिक पर्यटनको केन्द्र बनाउन सकिने बताउँदै भारत तथा नेपालका विभिन्न स्थानबाट मुक्तिनाथ धाम जाने तीर्थयात्रुको लागि बुटवल बीच भागमा पर्ने भएकोले बुटवललाई विश्रामस्थलको रुपमा विकास गर्ने योजना रहेको बताउनुभयो ।




पूर्व सांसद शंकर पाण्डेले बुटवललाई मुक्तिनाथ धामको प्रवेशद्वारको रुपमा विकास गर्न सकिने भन्दै धार्मिक पर्यटन गन्तब्यको रुपमा बुटवल क्षेत्रलाई अघि बढाउनु पर्ने बताउनुभयो ।
उहाँले शान्तिको सन्देश फैलाउने उद्देश्यले भारतबाट सुरु भएको पदयात्रा मंगलवार मुक्तिनाथ धाम पुग्ने बताउनुभयो ।
त्यस अवसरमा भारतबाट आएको पदयात्रा टोलीलाई बुटवलको योगीकुटीमा स्वागत गरि बुटवलको राजमार्ग चौराहासम्म संयुक्त पदयात्रा गरिएको थियो ।
पदयात्रा टोली सोमबार नै मुक्तिनाथ धामतर्फ प्रस्थान गरेको छ ।




