LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजनामा, विश्वविद्यालय अनुदान आयोगको सहयोग र ग्लोवल युनिभर्सिटी नेटवर्कको सहकार्यमा लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति र १८ औं न्यूज ९पूर्व, पश्चिम, उत्तर, दक्षिण० सम्मेलन हुन भएको छ । चौथों औद्योगिक क्रान्तिका लागि मानव संसाधनको विकास र उच्च शिक्षा सम्बन्धी विश्वव्यापी संवादलाई प्रवद्र्धन गर्नका लागि २०८१ चैत २० र २१ गते सम्मेलन हुन लागेको हो ।

उच्च शिक्षामा बौद्ध दर्शन अन्तर्राष्ट्रिकरण, प्राज्ञिक नेतृत्वमा बौद्ध दर्शन र नैतिकता, चौथो औद्योगिक क्रान्तिमा उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण, नेपालको उच्च शिक्षाका चुनौति र अवसर विषयमा केन्द्रीत रही उपकुलपति सम्मेलन हुने लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा।डा। सुवर्णलाल बज्राचार्यले बताए ।

बौद्ध विश्वविद्यालयको केन्द्रीय कार्यालय, लुम्बिनीमा हुन लागेको सम्मेलनमा पहिलो दिन उद्घाटन सत्रपछि मानव संसाधन व्यवस्थापनमा बौद्ध दर्शनको उपयोग, श्रमबजारमा कृत्तिम बौद्धिकता को प्रयोग, उच्च शिक्षाका लागि क्षेत्रीय सहयोग र सञ्जाल निर्माण तथा मानव संसाधन व्यवस्थापनमा संस्थागत भूमिका विषयमा २४ वटा कार्यपत्र प्रस्तुति हुनेछन् । सम्मेलनमा ११ देशका अध्येताहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।

दोस्रो दिन उपकुलपति सम्मेलन हुनेछ । उपकुलपति सम्मेलनमा नेपाल, भारत, जापानका विश्वविद्यालयका उपकुलपतिहरुको सहभागिता रहनेछ । सम्मेलनमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष, भारतको नालन्दा विश्वविद्यालय, सिद्धार्थ विश्वविद्यालय, नेपालका मध्यपश्चिम विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, राजर्षिजनक विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, नेपाल विश्वविद्यालय, विदुषी योगमाया हिमालय आर्युवेद विश्वविद्यालयका उपकुलपतिको सहभागिता रहने छ । त्यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सहभागी हुने तय भएको छ ।

सम्मेलनमा लुम्बिनी प्राविधिक विश्वविद्यालय, गण्डकी विश्वविद्यालय, मधेश विश्वविद्यालयका उपकुलपति तथा नेपाल संस्कृत विश्वविद्यालय र काठमाण्डौं विश्वविद्यालयका रजिष्ट्रारको सहभागिता रहने जनाइएको छ । त्यस्तै सम्मेलनमा लुम्बिनी बौद्ध विश्वविद्यालयसहित अन्य विश्वविद्यालयका पूर्व उपकुलपतिहरुको पनि सहभागिता हुने विश्वविद्यालयले जनाएको छ ।

उपकुलपतिहरुको सम्मेलनमा हुने बौद्ध शिक्षाको विश्वव्यापीकरण तथा उच्च शिक्षाका चुनौति र अवसरका विषयमा हुने छलफलबाट प्राप्त निष्कर्षलाई लुम्बिनी घोषणापत्रका रुपमा सार्वजनिक गरिने लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा। तिलकराम आचार्यले बताए ।

उपकुलपति सम्मेलनमा एकैचरणमा तीन सत्रमा छलफल हुने कार्यक्रम छ । चौथो औद्योगिक क्रान्तिका लागि उच्च शिक्षा ः वैश्विक गतिशीलता, बौद्ध ज्ञान, र शैक्षिक सहकार्य विषयको एक सत्र हुनेछ । नेपालमा उच्च शिक्षाका चुनौती र अवसर ः वैश्विक गतिशीलता, बौद्ध ज्ञान, र शैक्षिक उत्कृष्टताको समावेश विषयमा अर्को सत्र र नेपालमा वैकल्पिक चिकित्सा प्रवद्र्धन ः दीगो विकास लक्ष्यसंगको सहकार्य विषयमा तेस्रो सत्र हुने जनाइएको छ ।

हरेक दिन विहान ९ बजेदखि साँझ ५ बजेसम्म सम्मेलनका सत्रहरु चल्ने अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका संयोजक राजेन्द्र घिमिरेले जानकारी दिए । उद्घाटन सत्रमा राष्ट्रिय योजना आयोगका उपाध्याक्ष प्रा।डा। शिवराज अधिकारीसहित संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारका प्रतिनिधिहरु, व्यवसायिक संघ संस्थाका प्रतिनिधिहरु, शैक्षिक संस्थाका प्रमुखहरु, अध्येता, अनुसन्धानकर्ताहरुको सहभागिता रहने जनाइएको छ ।
सम्मेलनमा नेपाल, कम्बोडिया, चीन, जर्मनी, भारत, जापान, लाओस्, म्यानमार, श्रीलंका, थाइल्याण्ड र भियतनामका विज्ञ तथा अध्येताहरुको सहभागिता रहने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय