LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सरकार अंक गणितको हिसावले वलियो भएपनि जनताको भरोसा र विश्वास आर्जन गर्ने बिषयमा भने पछि परेको बताउनुभएको छ ।
महामन्त्री थापाले जनताको भरोसा आर्जन गर्ने बिषयमा सरकारले अझै कामको गति अघि बढाउनुपर्ने उल्लेख गर्नुभयो ।
नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ५ को क्षेत्रीय सम्मेलनको बुधबार रुपन्देहीको कञ्चन गाउँपालिकाको हरैया रुद्रपुरमा उदघाटनपछि सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेस र एमालेको गठबन्धनबाट वनेको सरकार बलियोमात्रै भएर पुग्दैन, जनताको विश्वास आर्जन गर्ने गरी काम गर्न आग्रह गर्नुभयो ।
महामन्त्री थापाले भन्नुभयो–सरकारको कामको गति मिलेको छैन, अव जनताले सरकारबाट हुने सेवाबाट सन्तुष्ट हुने गरि कामलाई अघि बढाउनुपर्दछ ।
उहाँले पछिल्लोसमय जनतामा आक्रोश बढिरहेको र राजाबादी समूहले जनतामा रहेको असन्तुष्टीलाई दुरुपयोग गर्ने गरि आगोमा घिउ थप्ने काम गरिरहेको बताउनुभयो ।
देशको स्थायित्वका लागि संविधान संशोधनको आवश्यकता औंल्याउँदै महामन्त्री थापाले अव संघ र प्रदेशमा मन्त्रीको संख्या घटाउनु पर्ने र प्रदेशको मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित गराउने व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो ।
महामन्त्री थापाले भूमि समस्या समाधान गर्न आफुहरुले संसदबाट धेरै काम गरेको र अव छिटै यो समस्या समाधान हुने विश्वास दिलाउनु भयो । कञ्चनका जनताको सबैभन्दा ठूलो समस्याको रुपमा रहेको जग्गाको लालपुर्जा पाउने कुरा आफूहरुले अव छिटै समाधान गर्ने बताउँदै महामन्त्री थापाले बढी भएको राजस्वको समस्या समेत समाधान हुने प्रतिवद्धता जनाउनु भयो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य भरतकुमार शाहले २०५६ सालभन्दा पहिले रुपन्देहीको क्षेत्र नं. ५ मा विकास भन्ने कुरा केही पनि नभएको बताउँदै त्यसपछि भने विकासले गति लिएको बताउनुभयो । उहाँले यही हरैयामा ५६ सालभन्दा पहिले खानेपानी, सडक, बिजुली, कलेज केही पनि नरहेको र त्यसपछि मात्रै विकास भएको उल्लेख गर्नुभयो । नेता शाहले जब २०५६ सालमा नेपाली कांग्रेसले यो क्षेत्रमा जित्यो अनि बल्ल विकासको सबै पूर्वाधार वनेको बताउनुभयो । उहाँले तर अव यतिले मात्रै पुग्दैन भन्दै अझै धेरै गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।

नेता शाहले नेपाली कांग्रेसको सरकार आएपछि देशमा विकासको लहर सिर्जना भएको उल्लेख गर्दै तर जनताले सोचे र खोजे अनुसारको विकास नभएको कारण असन्तुष्टी बढेकोले अव विकासको गति बढाउनु पर्नेमा जोड दिनुभयो ।
नेपाली कांग्रेसकी केन्द्रिय सदस्य गंगा शाहीले जनता जोडिने विकास अवको आवश्यकता भएको उल्लेख गर्दै युवाहरुमा ठूलो वितृष्णा रहेकोले अव युवाहरुको भावनालाई सम्बोधन गर्ने गरी काम गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नंं ५ का क्षेत्रीय सभापति वसिउल्लाह मुसलमानको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अब्दुल रज्जाक, नेपाली कांग्रेस लुम्बिनी प्रदेश अध्यक्ष अमरसिंह पुन, नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँण, लुम्बिनी प्रदेश सभाका पूर्व सभासद फकरुद्दीन खान, कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकाल, नेपाली कांग्रेस रुपन्देही उपसभापति अनिता शाह लगायतले बोल्दै नेपाली कांग्रेसको संगठनलाई सुदृढ गरेर कांग्रेसलाई जनताको पार्टीको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमको संचालन नेपाली कांग्रेस रुपन्देहीका क्षेत्रीय सचिव कृष्णप्रसाद शर्माले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय