LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

भर्गो अभियान नेपालको आयोजनामा महिला उद्यमशीलता अन्तरगत निशुल्क चुरा र पोते बनाउने एक हप्ते तालिम सुरु भएको छ ।
सैनामैना नगरपालिका वडा नंं ६ कलौनीमा विहिवारदेखि तालिमको शुभारम्भ भएको हो ।

तालिमको शुभारम्भ कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी सैनामैना नगरपालिका वडा नंं ६ का वडा अध्यक्ष गोपाल पोखरेलले सीप आफैमा महत्वपूर्ण रहेको बताउँदै सीप सिकेर दक्ष हुन महिला दिदी बहिनीहरुलाई आग्रह गर्नुभयो । उहाँले सैनामैना नगरपालिकाले तालिम दिएपनि त्यसको समुचित सदुपयोग हुन नसकेको भन्दै तालिम लिएपछि त्यसलाई कार्यान्वयन गरेर अघि बढ्न आग्रह सहभागी प्रशिक्षार्थीहरुसंग आग्रह गर्नुभयो ।

तालिम आयोजक संस्था भर्गो अभियान नेपालका अध्यक्ष कृष्णप्रसाद शर्माले महिला दिदी बहिनीहरुलाई तालिम लिएपछि त्यसको सदुपयोग गर्न आग्रह गर्दै व्यवसाय गर्न पैसाकै आवश्यकता परे आफूहरुले सहजीकरण गरिदिने प्रतिवद्धता जनाउनुभयो ।
उहाँले कमाउँदै तिर्दै जाने गरि महिला दिदी बहिनीहरुलाई बिना ऋणमा लगानी गर्न आफूहरु तयार रहेको बताउनुभयो ।

यसैगरी गोरखनाथ सामुदायिक सिकाई केन्द्रकी अध्यक्ष लता खडकाले महिला दिदी बहिनीहरु आर्थिकरुपमा सम्पन्न हुनको लागि आफैले सिप सिकेर अरुलाई समेत सिपमा जोडेर समाजमा आर्थिक रुपमा बलियो हुन सकिने भएको भएकोले यो तालिमपछि व्यवासायीक बन्न आग्रह गर्नुभयो । उहाँले तालिम लिने र बीचमै छोडने नगर्न आग्रह गर्दै तालिमले आत्मनिर्भर बनाउन सहयोग गर्ने बताउनुभयो ।

गोरखनाथ सामुदायिक सिकाई केन्द्रको सहआयोजना र सैनामैना नगरपालिका वडा नंं ६ को सहयोगमा सुरु भएको तालिम चैत २८ गतेसम्म संचालन हुनेछ । तालिममा ३० जना महिलाहरुको सहभागिता रहेको छ ।
भर्गो अभियान नेपालका अध्यक्ष कृष्णप्रसाद शर्माको अध्यक्षतामा भएको तालिम उदघाटन कार्यक्रमको संचालन नरहरी भुसालले गर्नुभएको थियो भने तालिमको प्रशिक्षकको रुपमा चमकला बमरेल रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय