LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ४ मा रहेको पर्रोहा बहुमुखी क्याम्पसको १४ औं क्याम्पस सभा तथा बार्षिकोत्सब समारोह शुक्रबार सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी प्रदेश सभाका सदस्य तथा पूर्व मन्त्री भोजप्रसाद श्रेष्ठले शुभकामना मन्तब्य राख्दै विद्यार्थीको शिक्षाको भविष्यको सवाल र भावी सन्ततीलाई राम्रो शिक्षा दिने दायित्व हामी सबैको रहेको उल्लेख गर्दै भोलीको दिनमा अझै उत्कृष्ट शैक्षिक बाताबरण सिर्जना गर्ने तर्फ सवैले ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनु भयो ।
उहाँले क्याम्पसले विद्यार्थी र शिक्षकहरुलाई उत्कृष्ट नतिजाका लागि उत्साहित बनाउनुपर्ने बताउँदै सिक्दै पढ्दै भन्ने पछिल्लो शैक्षिक अभियानलाई लागू गर्दै जान क्याम्पसलाई सुझाव दिनुभयो ।

त्यसैगरी कार्यक्रममा सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले मन्तब्य राख्दै हामीले ठूला ठूला क्याम्पस बनाएका छौं तर क्याम्पस बनाउँदै गर्दा विद्यार्थी भएनन भनेर चिन्ता समेत गरिरहेको भन्दै यो समय क्याम्पसहरुका लागि अत्यन्त संवेदनशील अवस्था रहेको बताउनुभयो । उहाँले सहरी र तराईका क्षेत्रमा विद्यार्थीको संख्या केही सन्तोषजनक देखिएपनि पहाडी क्षेत्रमा विद्यार्थी संख्या एकदम कम देखिएको आफूले भ्रमणका क्रममा पाएको बताउनुभयो । उहाँले शिक्षाको क्षेत्रमा संघीय सरकार अत्यन्त निरीह भएको बताउनुभयो ।

पर्रोहा बहुमुखी क्याम्पसका अध्यक्ष खुसीराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सैनामैना नगरपालिका वडा नंं ४ का वडा अध्यक्ष रामप्रसाद अधिकारी, नेपाली कांग्रेस सैनामैनाका सभापति रणबहादुर खनाल, क्याम्पस अभिभावक संघको अध्यक्ष होमनाथ पौडेल र विद्यार्थी चित्रा बिक लगायतले शुभकामना दिनुभएको थियो ।
क्याम्पस सभा तथा बार्षिकोत्सवको अवसरमा क्याम्पसको स्टुडेण्ट अफ दि इयरबाट सिता कँडेललाई सम्मान गरिएको थियो । त्यसैगरी फस्ट रनरअपको रुपमा रेजिना कार्की र द्वितीय रनरअपको रुपमा मोनिका नेपाल पुरस्कृत भईन ।
त्यसैगरी कार्यक्रममा एक बर्षको बीचमा सैनामैना बजार क्षेत्रका छाडा जनावरको सुरक्षा तथा औषधी उपचारको व्यवस्था गरेको भन्दै सितल थापालाई १२ हजार नगद पुरस्कार सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष प्रेम सागर शर्माले स्वागत गर्नुभएको थियो भने कोषाध्यक्ष मन्जु ज्ञवालीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी क्याम्पस प्रमुख हेमचन्द्र खरालले शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
क्याम्पसका जनसम्पर्क तथा सूचना विभाग प्रमुख लोकनाथ अधिकारी र छात्रा रेजीना कार्कीले संचालन गर्नुभएको कार्यक्रममा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय