LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस, एमाले र माओवादीका नेताहरुले देश बनाउँछन भन्ने कसैलाई लागेको छ भने त्यो गलत सावित हुने दावी गर्नुभएको छ ।
रुपन्देहीको सैनामैना नगरपालिका ६ कलौनीमा राप्रपा सैनामैनाले आयोजना गरेको भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमलाई आईतबार सम्बोधन गर्ने अध्यक्ष लिङ्देनले देश संघीयतामा गएपछि हरेक नेपालीको टाउकोमा ऋणको भारी अझै बढेको बताउनुभयो ।
नेपाली जनता महंगो कर तिर्नेमा एसियाकै पहिलो नम्बरमा पर्ने लिङ्देनको दाबी छ । नेताहरुले देश दोहन गर्न नछोडे देशको अवस्था थप विकराल बन्ने भन्दै अध्यक्ष लिङदेनले देशलाई बर्बाद हुनबाट जोगाउन जनताहरुले राप्रपालाई साथ दिन आग्रह गर्नुभयो ।
उहाँले कांग्रेस, एमाले र माओवादीहरुलाई समेत यो देश बर्बाद भयो भन्ने कुरा थाहा छ भन्दै देशलाई अव थप बर्बाद हुनबाट जोगाउन आफूहरुसंग गोलबद्ध हुन आग्रह गर्नुभयो । संघीयता आउनु अघि देशको कुल ऋण ६ खर्ब रहेकोमा अहिले २७ खर्ब पुगेको बताउनँदै अध्यक्ष लिङदेनले यो व्यवस्था परिवर्तन नभए देशले थप मूल्य चुकाउने स्थिती सिर्जना हुने उहाँको दावी छ ।

कार्यक्रममा बोल्दै पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले तीन दलका नेताहरुका कारण देश विकराल अवस्थामा पुगेको बताउँदै चैत्र १५ गतेको आन्दोलनमा सरकार पक्षले नै प्रदर्शनकारीहरुलाई भड्काउने काम गरेको आरोप लगाउनुभयो । उहाँले सैनामैनाका एक युवालाई सरकारले झुठा मुद्दा लगाएर प्रहरीले थुनेको बताउदै आफूहरुले जसरीपनि मुक्त गराउने प्रतिवद्धता जनाउनुभयो । उहाँले विदेशको डलरमा बिकेर हिन्दु राष्ट्र मास्ने काम भएको भन्दै अवको आन्दोलनले हिन्दु राष्ट्र कायम गरेर छाड्ने दावी गर्नुभयो ।

उहाँले राप्रपाले प्रदेश सभा खारेजी, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संवैधानिक राजतन्त्र ल्याउनुपर्ने लगायतका माग राख्दै आन्दोलन गरिरहेको बताउनुभयो ।
उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि १ सय ५४ जना राप्रपा प्रवेश गरेका छन् । पार्टीमा प्रवेश गरेका सबैलाई अध्यक्ष लिङ्देनले टिका तथा माला लगाएर स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय