LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

मानिसमा लत सिर्जना गरी दुव्र्यसनी तुल्याउने लागुपदार्थ दुव्यर्सन नियन्त्रणमा ल्याउन समाजका सबै संयन्त्रहरु सक्रिय हुनुपर्ने लागूऔषधविरुद्धको अभियान सञ्चालन गरिरहेका अभियन्ताले बताएका छन्।
नेपाल पत्रकार महासंघ रुपन्देहीले नार्कोनन् नेपालको सहयोगमा आइतबार बुटवलमा आयोजना गरेको ड्रग्स नियन्त्रण र पत्रकारको भूमिका विषयक अभिमुखीकरण कार्यक्रममा बोल्दै लागूऔषधको नियन्त्रणका क्षेत्रमा काम गरिरहेको संस्था नार्कोनन् नेपालका कार्यकारी निर्देशक तथा नेपाल प्रहरीका पूर्व एसएसपी वसन्त कुँवरले प्रहरीले मात्रै लागूऔषध नियन्त्रण गर्न नसक्ने बताउनुभयो ।

उहाँले समाजका सबै संयन्त्रहरु मिलेर मात्रै लागूऔषधको दुव्र्यसन नियन्त्रण गर्न सकिने भएकाले पत्रकारिता क्षेत्रबाट पनि सक्रियताको खाचो औल्याउनुभयो । उहाँले लागूऔषधको प्रयोगले मानिसको जीवनलाई समाप्त पार्ने भएकोले सचेतना फैलाउनका लागि पत्रकारहरुसँग आह्वान गर्नुभयो ।

उहाँले कानूनद्वारा निषेधित गाँजा, अफिम, हिरोइन, मर्फिन, कोकिन आदि अवैध लागुऔषध रहेको र सूर्तिजन्य पदार्थ र मदिरा कानूनद्वारा नियन्त्रित लागु पदार्थ रहेको जानकारी दिनुभयो ।
विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरिरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनि परिभाषित गरेको जानकारी गराउँदै उहाँले विश्वभर लागूऔषध प्रयोगकर्ताहरूको संख्या प्रतिवर्ष ५ दशमलब ६ प्रतिशतका दरले बढिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो –‘डरलाग्दो पक्ष भनेको कुल प्रयोगकर्ताको ६९ प्रतिशतले सुइद्वारा लागूऔषध प्रयोग गर्छन् र यिनमा अधिकांश २५ वर्षमुनिका युवायुवतीहरू पर्छन ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले लागूऔषध दुव्यर्सनलाई नियन्त्रणका लागि पत्रकारिताका माध्यमबाट सचेतना कार्यक्रमहरु सञ्चालन गर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय