LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सैनामैना नगरपालिका वडा नं. १ स्थित सैनामैना मेमोरियल स्कुलले शैक्षिक सत्र २०८१ को वार्षिक परीक्षाफल प्रकाशन तथा पुरस्कार वितरण सम्पन्न गरेको छ ।

विद्यालयका प्राचार्य डि.बि. खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि सैनामैना नगरपालिका वडा नः १ का वडा अध्यक्ष भुवन क्षेत्री रहनु भएको थियो भने विद्यालयका प्रबन्ध निर्देशक जे.बि.क्षेत्री, सञ्चालक समिति सदस्य तुल्सीकुमार भुसाल, सह प्राचार्य पदम अर्याल, शैक्षिक सल्लाहकार लिलाधर घिमिरे, सञ्चालक नारायण पाण्डे र काशी खनालले संयुक्तरुपमा पुरस्कार वितरण गर्नु भएको थियो ।


शैक्षिक सत्र २०८१ मा विद्यालय प्रथम, द्वितीय,तृतीयका साथै कक्षा प्रथम,द्वितीय ,तृतीयका साथै सेक्सन प्रथम, द्वितीय, तृतीय लगायतको समग्र नतिजा प्रकाशन प्रश्चात शतप्रतिशत हाजिरी, सफा सुग्घर तथा अनुशासित लगायतका विधामा पुरस्कार वितरण गरिएको थियो ।

उक्त कार्यक्रममा विद्यालयका प्राचार्य डि.बि. खत्रीले बिएलईमा नगरपालिका प्रथम हुन सफल विद्यार्थी लगायत उत्कृष्ट नतिजा ल्याउन र दिलाउन सफल सम्पूर्णलाई धन्यवाद तथा हार्दिक बधाई ज्ञापन गर्दै शैक्षिक सत्र २०८२ का लागि संक्षिप्त योजना प्रस्तुत गर्नुभएको थियो ।


कार्यक्रममा विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए भने स्वागत मन्तव्य विद्यालयका सह प्राचार्य पदम अर्यालले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन अतिरिक्त क्रियाकलाप विभाग प्रमुख प्रकाश चौधरीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय