LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

सैनामैना नगरपालिका वडा नं. १ स्थित सैनामैना मेमोरियल स्कुलले शैक्षिक सत्र २०८१ को वार्षिक परीक्षाफल प्रकाशन तथा पुरस्कार वितरण सम्पन्न गरेको छ ।

विद्यालयका प्राचार्य डि.बि. खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि सैनामैना नगरपालिका वडा नः १ का वडा अध्यक्ष भुवन क्षेत्री रहनु भएको थियो भने विद्यालयका प्रबन्ध निर्देशक जे.बि.क्षेत्री, सञ्चालक समिति सदस्य तुल्सीकुमार भुसाल, सह प्राचार्य पदम अर्याल, शैक्षिक सल्लाहकार लिलाधर घिमिरे, सञ्चालक नारायण पाण्डे र काशी खनालले संयुक्तरुपमा पुरस्कार वितरण गर्नु भएको थियो ।


शैक्षिक सत्र २०८१ मा विद्यालय प्रथम, द्वितीय,तृतीयका साथै कक्षा प्रथम,द्वितीय ,तृतीयका साथै सेक्सन प्रथम, द्वितीय, तृतीय लगायतको समग्र नतिजा प्रकाशन प्रश्चात शतप्रतिशत हाजिरी, सफा सुग्घर तथा अनुशासित लगायतका विधामा पुरस्कार वितरण गरिएको थियो ।

उक्त कार्यक्रममा विद्यालयका प्राचार्य डि.बि. खत्रीले बिएलईमा नगरपालिका प्रथम हुन सफल विद्यार्थी लगायत उत्कृष्ट नतिजा ल्याउन र दिलाउन सफल सम्पूर्णलाई धन्यवाद तथा हार्दिक बधाई ज्ञापन गर्दै शैक्षिक सत्र २०८२ का लागि संक्षिप्त योजना प्रस्तुत गर्नुभएको थियो ।


कार्यक्रममा विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए भने स्वागत मन्तव्य विद्यालयका सह प्राचार्य पदम अर्यालले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन अतिरिक्त क्रियाकलाप विभाग प्रमुख प्रकाश चौधरीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय