LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

बुटवल ८ सुखानगरमा रहेको दीप बोर्डिङ हाईस्कुलले शुक्रबार नतिजा प्रकाशन, पुरस्कार वितरण, सम्मान एवम् विविध सांस्कृतिक कार्यक्रम गरेको छ । कार्यक्रममा शैक्षिक सत्र २०८१ मा कक्षागत र तहगत रूपमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई प्रमाणपत्र, शिल्ड प्रदान गरिएको थियो भने अभिभावकलाई खादाद्वारा सम्मान गरिएको थियो ।

त्यसैगरी कार्यक्रममा एसइइ परीक्षा २०८० मा ए प्लस ग्रेड ल्याउने दीप बोर्डिङ हाई स्कुल र दीप बोर्डिङ हाईस्कुलको कक्षा ११ मा भर्ना भएका अन्य विद्यालयबाट आएका विद्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो ।


कार्यक्रममा विएलईमा ४ जिपिए ल्याउर्ने, कक्षा नर्सरीदेखि कक्षा १२ सम्म निरन्तर अध्ययन गर्ने, कक्षा ११ को वार्षिक परीक्षामा र एसइइ प्राक्टिस परिक्षामा प्रथम द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो भने एसइइ र एसएलसीमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन योगदान गर्ने शिक्षक, विद्यालयमा पूर्ण उपस्थित हुने शिक्षक र कर्मचारी, सेवानिवृत्त शिक्षक र कर्मचारी, उत्कृष्ट प्रशिक्षकलगायतलाई सम्मान गरिएको थियो ।

त्यसैगरी कार्यक्रममा दीप सांस्कृतिक परिवारका विद्यार्थीहरूले स्वागत गीत, सरस्वती वन्दना नृत्य र नृत्य प्रस्तुत गरेका थिए भने विद्यार्थीहरूले सांस्कृतिक भेषभूषा प्रदर्शन र कराँते डेमोन्स्ट्रेसन प्रस्तुत गरेका थिए । आशिका पाण्डेले अनुभव मन्तव्य प्रस्तुत गरेकी थिइन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद ढोजूँको अध्यक्षता, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सनका केन्द्रीय सह अध्यक्ष गोपाल आचार्यको प्रमुख आतिथ्यता, काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसनका एसोसिएट डिन प्रा.डा. हेमराज काफ्लेको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा प्राचार्य टीकाराम न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक पुरुषोत्तम पाण्डेय र छवि ज्ञवालीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय