LIVE
एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षनै रास्वपा  प्रवेश | लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् पुनर्गठनका लागि सिफारिस | स्थापना दिवसको अवसरमा कपिलवस्तुमा फोटोवाक कार्यक्रम | सालझन्डीमा गुणस्तरीय सेवा सहित पाहुना घर सञ्चालनमा | एकला पहाडमा फोहोर व्यवस्थापन केन्द्र वनाउन रुख हटाउने सम्झौतामा हस्ताक्षर | दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गते सम्म सञ्चालन हुने | सैनामैनामा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न १ करोड ६० लाख बराबरको आईसिटी सामग्री वितरण | रुपन्देहीमा १० लाख बढी मूल्य बराबको अवैध सामान बरामद | बुटवलमा नौंवटा कम्पनीका नौंसय ग्यास वितरण | मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने |

सैनामैनाको कलौनीमा अवस्थित सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा रहेको नेपाल विद्यार्थी सघले भित्तेपात्रो विमोचन तथा नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा बोल्दै कार्यक्रममा प्रमुख अतिथि सैनामैना नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले अबको समयमा नेविसघ शैक्षिक गतिविधिमा सक्रिय भएर लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस सैनामैना नगर सभापति रणबहादुर खनालले क्याम्पस प्रशासन र विद्यार्थी सघ सङ्गठन मिलेर क्याम्पसलाई अगाडी बढाउन आग्रह गर्नुभयो ।

यस्तै नेपाली काङ्ग्रेस जिल्ला सदस्य गोबिन्द खनालले नेविसंघ सधै बिद्यार्थीको सुख दुःखको साथी रहेको बताउनुभयो ।
कार्यक्रममा क्याम्पस सञ्चालक समिति उपाध्यक्ष कृष्णप्रसाद पोखरेल , प्राध्यापक प्रेम पौडेल, नेविसंघका केन्द्रीय सदस्य किरण तिवारी, नेविसंघ जिल्ला सचिव मनोज बेलबासे लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम सहिद नारायण पोखरेल रामापुर क्याम्पस नेपाल विद्यार्थी सङ्घ सभापति विकास सापकोटाको अध्यक्षतामा सम्पन्न भएको हो । सो अवसरमा क्याम्पस प्रमुख हेमबहादुर थापा, क्याम्पसका प्राध्यापक, नेविसंघका पदाधिकारी लगायतको आतिथ्यतामा क्याम्पस सभाहलमा कार्यक्रम भएको हो । नेविसंघ इकाई सचिव बिष्णु ढकालले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय