LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सैनामैनाको कलौनीमा अवस्थित सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा रहेको नेपाल विद्यार्थी सघले भित्तेपात्रो विमोचन तथा नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा बोल्दै कार्यक्रममा प्रमुख अतिथि सैनामैना नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले अबको समयमा नेविसघ शैक्षिक गतिविधिमा सक्रिय भएर लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस सैनामैना नगर सभापति रणबहादुर खनालले क्याम्पस प्रशासन र विद्यार्थी सघ सङ्गठन मिलेर क्याम्पसलाई अगाडी बढाउन आग्रह गर्नुभयो ।

यस्तै नेपाली काङ्ग्रेस जिल्ला सदस्य गोबिन्द खनालले नेविसंघ सधै बिद्यार्थीको सुख दुःखको साथी रहेको बताउनुभयो ।
कार्यक्रममा क्याम्पस सञ्चालक समिति उपाध्यक्ष कृष्णप्रसाद पोखरेल , प्राध्यापक प्रेम पौडेल, नेविसंघका केन्द्रीय सदस्य किरण तिवारी, नेविसंघ जिल्ला सचिव मनोज बेलबासे लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम सहिद नारायण पोखरेल रामापुर क्याम्पस नेपाल विद्यार्थी सङ्घ सभापति विकास सापकोटाको अध्यक्षतामा सम्पन्न भएको हो । सो अवसरमा क्याम्पस प्रमुख हेमबहादुर थापा, क्याम्पसका प्राध्यापक, नेविसंघका पदाधिकारी लगायतको आतिथ्यतामा क्याम्पस सभाहलमा कार्यक्रम भएको हो । नेविसंघ इकाई सचिव बिष्णु ढकालले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय