LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

पूर्वराजा ज्ञानेन्द्र शाहले चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा भएको घटनामा भएको क्षतिप्रति दुःख प्रकट गर्नुभएको छ ।
नयाँ वर्ष २०८२ सालको शुभकामना दिन आइतबार जारी गरेको भिडिओ सन्देशमा पूर्वराजा शाहले तीनकुने घटनाबारे मुख खोल्नुभएको हो ।

तीनकुने घटनाबारे प्रधानमन्त्रीदेखि विभिन्न राजनीतिक दलका नेताहरूले पूर्वराजा शाहको धारणा मागिरहेका थिए । केही सांसदहरूले तीनकुने घटनामा पूर्वराजा शाहलाई जबाफदेही बनाउनुपर्ने भन्दै संसदीय समितिमा बोलाएर प्रश्न सोधिनुपर्ने धारणासमेत व्यक्त गरेका थिए ।
तीनकुने घटनापछि पूर्वराजा शाहले कुनैपनि अभिव्यक्ति दिनुभएको थिएन ।
तर नयाँ वर्षको शुभकामना सन्देशमा पूर्वराजा शाहले केही दिनअघि जनप्रदर्शनमा जुनप्रकारको हिंसा, आगजनी, तोडफोड भयो त्यसबाट जसप्रकारको मानवीय एवं भौतिक क्षति भयो, त्यो सुन्दा हामीलाई अत्यन्तै दुःख लागेको छ भन्नुभएको छ ।
पूर्वराजा शाहको शुभकामना सन्देशसहितको भिडिओ संवाद सचिवालयका तर्फबाट फणिराज पाठकले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्नुभएको हो ।

राजसंस्था पुनस्र्थापनाका लागि भन्दै ’संयुक्त जनआन्दोलन समिति’ ले तोकेका ’जनकमान्डर’ दुर्गा प्रसाईंको आह्वानमा चैत १५ गते तीनकुने क्षेत्रमा प्रदर्शन भएको थियो । प्रदर्शन हिंसात्मक हुँदा दुईजनाको मृत्यु भएको थियो भने केही घाइते भएका थिए ।
घटनाका संलग्न रहेको आरोपमा प्रहरीले दुर्गा प्रसाईंलाई पक्राउ गरी अनुसन्धान अघि बढाइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय