LIVE
२१४ सुकुम्वासी परिवार सरकारको सम्पर्कमा, काठमाण्डाैका ३ बस्ती अतिक्रमणमुक्त | लुम्बिनी रोड रेसमा सेनाका खड्का र न्यौपाने विजेता | सैनामैनाका सूर्य बानियाले अमेरिकाबाट गरे सूचना सुरक्षामा पिएचडी, डिजिटल ट्रान्सफर्मेसनको क्षेत्र नेपालका लागि मार्गदर्शन बन्न सक्ने। | नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै | नारायणीमा तटबन्ध निर्माण तीव्र | बुटवलमा जीतगढी विजय उत्सव | दुधराक्ष देविस्थान खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा खनाल | सिद्धबाबा तथा दुर्गा मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा शिव घिमिरे | गौतमबुद्ध प्रेस क्लबद्वारा वार्षिक भित्ते पात्रो विमोचन | प्राकृतिक चिकित्सा केन्द्रको १४ औं बार्षिक साधारण सभा सम्पन्न |

९ बैशाख, लुम्बिनी
लुम्बिनी साँस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा सोमबार मृत्यु भएका तीनजना बालकका परिवारलाई लुम्बिनी सांस्कृतिक नगरपालिकाले एक एक लाख रुपैया सहयोग गरेको छ ।
नगर कार्यपालिकाको मंगलवार सम्पन्न बैठकको निर्णय अनुसार काज किरीया तथा अन्य कामका लागि मृतक परिवारलाई जनही एक एक लाख सहयोग गर्ने निर्णय गरेको हो ।

नगरपालिकाले एक सुचना जारी गरि मृतक बालकहरु प्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै परिवारप्रति समबेदना ब्यक्त गरेको छ ।
यसैगरी बेपत्ता बालकहरुको खोजी कार्यमा सहयोग पु¥याएकोमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका गरि ११ जनालाई नगरपालिकाले सम्मान समेत गरेको छ ।

दानव नदीमा बालकहरू बेपत्ता भएपछि खोजी गर्न सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली खटिएको थियो ।
लुम्बिनी साँस्कृतिक नगरपालिका–२ अर्दौलीका स्थानीय १३ वर्षीय उमेश यादव, १४ वर्षीय राज यादव र १२ वर्षीय मुनु हरिजनको डुबेर मृत्यु भएको थियो ।

उनीहरू सो नदीमा पौडी खेल्ने क्रममा सोमबार दिउँसो करिब साढे १२ बजे बेपत्ता भएका थिए ।
सूचना पाएपछि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बयरघाटको समन्वयमा बाँकेको गोताखोर टिमले खोजी गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय