LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

९ बैशाख, लुम्बिनी
लुम्बिनी साँस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा सोमबार मृत्यु भएका तीनजना बालकका परिवारलाई लुम्बिनी सांस्कृतिक नगरपालिकाले एक एक लाख रुपैया सहयोग गरेको छ ।
नगर कार्यपालिकाको मंगलवार सम्पन्न बैठकको निर्णय अनुसार काज किरीया तथा अन्य कामका लागि मृतक परिवारलाई जनही एक एक लाख सहयोग गर्ने निर्णय गरेको हो ।

नगरपालिकाले एक सुचना जारी गरि मृतक बालकहरु प्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै परिवारप्रति समबेदना ब्यक्त गरेको छ ।
यसैगरी बेपत्ता बालकहरुको खोजी कार्यमा सहयोग पु¥याएकोमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका गरि ११ जनालाई नगरपालिकाले सम्मान समेत गरेको छ ।

दानव नदीमा बालकहरू बेपत्ता भएपछि खोजी गर्न सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली खटिएको थियो ।
लुम्बिनी साँस्कृतिक नगरपालिका–२ अर्दौलीका स्थानीय १३ वर्षीय उमेश यादव, १४ वर्षीय राज यादव र १२ वर्षीय मुनु हरिजनको डुबेर मृत्यु भएको थियो ।

उनीहरू सो नदीमा पौडी खेल्ने क्रममा सोमबार दिउँसो करिब साढे १२ बजे बेपत्ता भएका थिए ।
सूचना पाएपछि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बयरघाटको समन्वयमा बाँकेको गोताखोर टिमले खोजी गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय