LIVE
एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षनै रास्वपा  प्रवेश | लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् पुनर्गठनका लागि सिफारिस | स्थापना दिवसको अवसरमा कपिलवस्तुमा फोटोवाक कार्यक्रम | सालझन्डीमा गुणस्तरीय सेवा सहित पाहुना घर सञ्चालनमा | एकला पहाडमा फोहोर व्यवस्थापन केन्द्र वनाउन रुख हटाउने सम्झौतामा हस्ताक्षर | दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गते सम्म सञ्चालन हुने | सैनामैनामा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न १ करोड ६० लाख बराबरको आईसिटी सामग्री वितरण | रुपन्देहीमा १० लाख बढी मूल्य बराबको अवैध सामान बरामद | बुटवलमा नौंवटा कम्पनीका नौंसय ग्यास वितरण | मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने |

श्री विश्व शान्ति युवा क्लब सैनामैना १० सालझण्डीले बैशाख १२ गते शुक्रबारदेखि सञ्चालन गर्ने ९ ए साइड भेट्रान्स कप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । क्लबले विहिवार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता सालझण्डीस्थित पशुपति माध्यमिक विद्यालयको खेल मैदानमा हुने जानकारी दिएको हो ।

विशेषगरी ३५ वर्ष उमेर पुगेका अनुभवी फुटबल खेलाडीहरूलाई खेलमा सहभागिता गराउने लक्ष्य रहेको क्लवले जनाएको छ । क्लबका अध्यक्ष खडक जिसीले प्रतियोगिताको माध्यमबाट पुराना खेलाडीहरूलाई आफ्नो खेल कौशल प्रदर्शन गर्ने एक उत्कृष्ट अवसर प्रदान गर्ने लक्ष्य राखेको बताउनुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै प्रमुख अतिथी सैनामैना वडा नंं. १० का वडा अध्यक्ष कृष्णप्रसाद घिमिरेले सालझण्डीमा हुने यो प्रतियोगिताले पुराना खेलाडीलाई खेल क्षेत्रमा अझै समर्पित हुन सहयोग पुग्ने बताउनुभयो । उहाँले पुराना खेलाडीको उत्साहबाट नयाँ खेलाडीहरुमा पनि प्रोत्साहन मिल्ने उल्लेख गर्नुभयो ।

रुपन्देही फुटवल संघका उपाध्यक्ष मुकेश कुँवरले रुपन्देही जिल्लाको पहिलो भेट्रान्स प्रतियोगिता रहेको बताउँदै खेललाई निरन्तरता दिन आग्रह गर्नुभयो । उहाँले यो प्रतियोगितामा खेलाडीले भाग लिदै गर्दा आफ्ना छोरा छोरीलाई पनि खेलमा सहभागिता गराउनुपर्छ भन्ने भावना जागृत हुने बताउनुभयो ।

पत्रकार सम्मेलनमा सैनामैना नगरपालिका वडा नंं ११ का वडा अध्यक्ष रामप्रसाद भुसाल, सालझण्डी सामुदायिक वनका अध्यक्ष नरेन्द्र थापा लगायतले बोल्दै प्रतियोगिताले पुरानासंगै नयाँ पुस्तालाई खेलप्रति जागरुक हुन सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

प्रतियोगितामा विजेता टोलीले ५१ हजार नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टोलीले २५ हजार प्राप्त गर्नेछ । प्रतियोगितामा ११ वटा टिमले भाग लिने बताइएको छ । प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडी, रक्षक, गोलकिपर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता र प्रशिक्षकलाई ट्रफीका साथै नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । कार्यक्रम क्लबका उपाध्यक्ष रेजीन श्रेष्ठको स्वागत तथा सचिव अशोक श्रीसको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय