LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

लुम्बिनी, १२ वैशाख । लुम्बिनीमा अन्तर्राष्ट्रिय साँस्कृतिक फेस्टिबल र सेमिनार हुन लागेको छ । नेपाल र चीनबीचको साँस्कृतिक सम्बन्ध विस्तारका लागि चौथो फेष्टिबल लुम्बिनीमा आयोजना गरिएको हो । वैशाख १३ र १४ गते हुने कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

फेस्टिबल अन्तर्गतको अन्तर्राष्ट्रिय सेमिनारको आयोजक लुम्बिनी बौद्ध विश्वविद्यालय रहेको छ भने फेस्टिबलको समन्वय सारीपुत्र फाउण्डेशनले गरेको छ । नेपाल र चीनबीचको कला संस्कृति प्रवद्र्धनको उद्देश्यसहित फेस्टिबल हुन लागेको हो ।

चीनको वल्र्ड एलायन्स फर बुद्धिष्ट कल्चरल एक्सचेन्ज लिमिटेड र वीचो पिस क्यालिग्राफी एण्ड पेइनिङ एकेडेमीले सहकार्य गरेका छन् । संस्कृति तथा पर्यटन मन्त्रालय, लुम्बिनी विकास कोषले सहकार्य गरेका छन् ।
फेस्टिबलमा ४० देशका प्रतिनिधिहरु सहभागी हुने जनाइएको छ । बिहान ८ बजेदेखि लुम्बिनीस्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्रमा फेस्टिबल सुरु हुने जनाइएको छ । फेस्टिबलमा ५ हजार बढीको सहभागीता रहने बताइएको छ ।

 

अन्तर्राष्ट्रिय सेमिनार भने लुम्बिनी बौद्ध विश्वविद्यालयमा हुनेछ । विश्वविद्यालयको मेत्ता हलमा हुने सेमिनारको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनाराण आचार्यले गर्ने कार्यक्रम रहेको छ । सेमिनारमा ४० वटा कार्यपत्र प्रस्तुत हुने सेमिनार संयोजक डा। सागर न्यौपानेले जानकारी दिए । बौद्ध संस्कृति, चिनियाँ संस्कृति, कला, परम्परागत बौद्ध चिकित्सा तथा बौद्ध शिक्षामा केन्द्रीत रहेर सेमिनारमा कार्यपत्र प्रस्तुत हुने न्यौपानेको भनाइ छ ।

 

सेमिनार शनिबार दिउँसो १ बजेबाट सुरु भइ आइतबार ५ बजे सकिने बताइएको छ । कार्यपत्रमध्ये ३२ वटा विदेशी विज्ञहरुको रहेको जनाइएको छ । फेस्टिबल अन्तर्गत अन्र्तराष्ट्रिय ध्यान केन्द्रमा साँस्कृतिक कार्यक्रम तथा फोटो प्रदर्शनी हुनेछ । मायादेवी मन्दिर, रामग्राम र तिलौराकोटमा दीप प्रज्ज्वलन गर्ने कार्यक्रम रहेको सारिपुत्र फाउण्डेशनले जनाएको छ ।

यसअघि पहिलो, दोस्रो र तेस्रो साँस्कृतिक फेस्टिबल कम्बोडिया, श्रीलंका र थाइल्याण्डमा सम्पन्न भइसकेका छन् । लुम्बिनीको पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउने योजनासहित यसपटक लुम्बिनीमा फेष्टिबल आयोजना गरिएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय