LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

बाँके

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुस्लिम समुदायको सरकारी सेवामा प्रवेशकालागि प्रदेश सरकारले अवसर सुनिश्चित गरेको बताउनु भएको छ ।

नेपाल मुस्लिम इत्तेहाद संगठनको सातौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई शनिबार बाँकेमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले उपलब्ध अवसरहरूको सदुपयोगमा ध्यान दिन आग्रह गर्नु भएको हो ।

प्रदेश सरकारले प्रदेश निजामती सेवा ऐनमा मुस्लिम समुदायको ७ प्रतिशत आरक्षण सुनिश्चित गरेको उल्लेख गर्दै उहाँले ती अवसरहरूको पूर्ण सदुपयोगका लागि अपिल गर्नु भएको छ ।ञमुस्लिम समुदायको सरकारी सेवामा प्रवेशका लागि अधिकारको सुनिश्चितता गरेका छौँ । प्रदेश सरकारले लोक सेवामा ७ प्रतिशत आरक्षणको व्यवस्था गरेको छझउहाँले भन्नुभयो(ञयो अवसर सदुपयोगका लागि शिक्षामा ध्यान दिन जरुरी छ । छोरा छोरीलाई बराबरी अवसर दिन जरुरी छ । यसका लागि परिवारबाट नै सुधार गर्न जरुरी छ ।

 

मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले मदरसा शिक्षामा सुधार ल्याउनका लागि लगानी गरेको र महिलाहरूलाई उच्च शिक्षाका लागि छात्रवृत्ति दिएको जानकारी दिँदै अझै पनि छोरीहरूले पढाइमा समान अवसर नपाउनु चिन्ताको विषय भएको बताउनु भयो ।ञप्रदेश सरकारले शिक्षामा पहुँच बढाउन मदरसाहरूको सुधारमा लगानी गरेको छ । महिलाहरूलाई उच्च शिक्षाका लागि छात्रवृत्ति दिएको छझ उहाँले भन्नुभयो(ञछोरीहरूलाई विद्यालय पठाउन जरुरी छ । छोरा छोरीलाई बराबरी महत्व दिएर शिक्षामा अवसर दिनुपर्छ ।

लुम्बिनी प्रदेशमा मातृ मृत्युदर, बाल मृत्युदर, कुपोषणको दर उच्च रहेको र यी समस्या मुस्लिम तथा पिछडिएको समुदायमा बढी देखिएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले सुधारका लागि सरकारले थालनी गरेका अभियानहरूमा सहभागिताको आह्वान गर्नुभयो । ञके कारणले यस्तो अवस्था आयो, कारण बुझ्न जरुरी छझउहाँले भन्नुभयो(ञबाल विवाहलाई निरुत्साहित गर्न जरुरी छ । यसमा मुस्लिम समुदायका नेतृत्व बढी जिम्मेवार भएर ध्यान दिन जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय