LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

लुम्बिनी, २१ बैशाख
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका र मोरङको लेटाङ नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । दुई पालिकाबीच आपसी सम्वन्ध स्थापना तथा विस्तार र अनुभव आदानप्रदान गर्ने उद्देश्यसहित भगिनी सम्बन्ध स्थापना भएको हो ।
भगिनी सम्वन्ध स्थापना गर्न लुम्बिनी सांस्कृतिक नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा बोल्दै लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्रकुमार लावतीले हामी नेपालीले विकास निर्माणलाई मात्रै चासो दिने गरेको बताउँदै तर त्यो भन्दा पनि संस्कार, संस्कृति, भावना र आपसी सम्वन्ध बलियो बनाएर मन जोड्ने कुरा बढी महत्वपूर्ण हुने धारणा राख्नुभयो । उहाँले विकास अस्थायी हुन सक्छ तर मन जोड्ने कुरा धेरै महत्वपूर्ण हुने भएकोले भगिनी सम्बन्धले आपसी सम्वन्धलाई अझै नजिक वनाउने विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरी लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन मुसलमानले बुद्ध लुम्बिनीमा जन्मेको भएपनि भीड भने चीनमा लाग्ने गरेको बताउँदै चीन घुम्दा स्वर्ग पुगेको अनुभूति भएको बताउनुभयो । उहाँले लुम्बिनीलाई चिटक्क र सफा सहरको रुपमा विकास गर्न आफूहरु लागिरहेको बताउँदै आईतबार दुई पालिकाबीच भएको भगिनी सम्वन्ध स्थापना सधैका लागि हो भन्नुभयो ।

कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले सांस्कृतिक नगरको रुपमा देशको एकमात्रै पालिका लुम्बिनी सांस्कृतिक नगरपालिका रहेको बताउँदै लुम्बिनीको सांस्कृतिक पहिचान बढाउन आफूहरुले काम गरिरहेको बताउनुभयो । उहाँले प्रत्येक नेपालीले जीवनमा एकपटक लुम्बिनी टेक्ने वातावरण वनाउनु पर्नेमा जोड दिनुभयो ।

त्यसैगरी दुई पालिकाबीच भएको भगिनी सम्बन्धको विषयमा लेटाङ नगरपालिका वडा नं. २ का वडा अध्यक्ष तेजप्रसाद तिमिल्सिनाले जानकारी दिनुभएको थियो । उहाँले दुई पालिकाबीच १० वटा बुँदामा सहकार्य गरि अघि बढ्ने सहमति भएको बताउनुभयो ।
भगिनी सम्बन्ध स्थापना कार्यक्रममा दुई पालिकाका जनप्रतिनिधि, कर्मचारी लगायत लुम्बिनीका स्थानीय समाजसेवी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय