LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

लुम्बिनी,२४ बैशाख
लुम्बिनी सांस्कृतिक नगरपालिकाले लुम्बिनी क्षेत्रको फोहर व्यवस्थापन गर्दै बुधबारदेखि सरसफाई अभियान सुरु गरेको छ ।बुधबार विहान लुम्बिनीमा एक कार्यक्रमको आयोजना गरि सरसफाई अभियान सुरुवात गरिएको हो ।
त्यस अवसरमा बोल्दै लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन मुसलमानले सरसफाई अभियान चलाउने निर्णय अनुसार बुधबारदेखि अभियान सुरु गरिएको बताउँदै जबसम्म समुदायमा चेतना फैलिदैन तबसम्म सरसफाईको काम प्रभावकारी नहुने भएकोले अभियान सुरु गरिएको बताउनुभयो ।


अभियानको अवसरमा लुम्बिनी सांस्कृतिक नगरपालिका उपप्रमुख कल्पना हरिजनले लुम्बिनीलाई सधैभरी सफा, हराभरा र स्वच्छ राख्न सरसफाई अभियानको सुरुवात गरिएको बताउनुभयो । उहाँले लुम्बिनीलाई सरसफाईयुक्त बनाउन फोहर व्यवस्थापन केन्द्र र हरित उद्यान निर्माण गरिसकेको बताउदै फोहरको समस्या अब अन्त्य हुने बताउनुभयो ।

लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले बुधबारदेखि सरसफाई अभियानको औपचारिक सुरुवात गरेको बताउँदै यो अभियानमा लुम्बिनीका सरोकारवाला सम्बद्ध संघ संस्थाको सहकार्य रहेको उल्लेख गर्नुभयो । उहाँले नगरको कुहिने र नकुहिने फोहर तालिका बनाएरै अलग गरेर व्यवस्थापन गर्ने बताउँदै पुरानो फोहर उठाउन अझै एक महिना लाग्ने अनुमान गरेको उल्लेख गर्नुभयो ।


त्यसैगरी अभियानकै अवसरमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनीमा फोहरको समस्या अव समाधानको दिशातर्फ गएकोमा खुसी ब्यक्त गर्दै लुम्बिनी सांस्कृतिक नगरपालिका र युएनडिपीको सहकार्यमा फोहोर मैला व्यवस्थापनको काम भएको र त्यसमा लुम्बिनी विकास कोषको पूर्ण साथ र सहयोग रहने प्रतिवद्धता जनाउनुभयो ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाले लुम्बिनीको फोहोर एक साता अघिदेखि नै संकलन गरेर फोहर प्रशोधन केन्द्रमा जम्मा गरेको छ । नगरपालिकाले कुहिने र नकुहिने फोहर संकलन गरि बर्गीकरण गरेर नगरलाई स्वच्छ बनाउने अभियान सुरु गरेको हो । अभियानमा लुम्बिनी साँस्कृतिक नगरपालिका , यूयनडिपी, लुम्बिनी विकास कोष, ससस्त्र प्रहरी बल, जनपथ प्रहरी,लुम्बिनीमा कृर्याशिल संघ सस्था, ब्यवसायी, आमा समुह, क्लब तथा स्थानियको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय