LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

भैरहवा, रुपन्देहीरुपन्देही उद्योग वाणिज्य सङ्घले भर्खरै सरुवा भएर आउनुभएका प्रहरी उपरीक्षक (एसपी) प्रदीप बहादुर क्षेत्रीकोस्वागत गरेको छ। बिहीबार भैरहवामा आयोजित एक परिचयात्मक कार्यक्रममा सङ्घका पदाधिकारी तथा स्थानीय व्यवसायीहरूलेएसपी क्षेत्रीलाई बधाई ज्ञापन गर्दै जिल्लाको सुरक्षा व्यवस्था आर्थिक विकासमा प्रहरी प्रशासनसँग सहकार्य गर्न इच्छुक रहेकोबताएका छन्।

कार्यक्रममा सङ्घका अध्यक्ष दर्पण श्रेष्ठले रुपन्देहीको आर्थिक गतिविधि यस क्षेत्रका व्यवसायीहरूले भोगिरहेका चुनौतीबारे चर्चागरे। उनले विशेष गरी खुल्ला सीमा नाकाका कारण हुने अवैध व्यापार नियन्त्रणमा प्रहरीको सक्रिय भूमिकाको अपेक्षा राखे। श्रेष्ठलेस्थानीय उद्योग व्यवसायको संरक्षण प्रवद्र्धनका लागि प्रहरी प्रशासनको सहयोग अपरिहार्य रहेको पनि बताए।

सङ्घका पूर्व अध्यक्ष अनिल कुमार ज्ञवालीले रात्रिकालीन व्यवसाय सञ्चालनको आवश्यकता औंल्याउँदै यसलाई व्यवस्थित सुरक्षित बनाउन प्रहरीको सहयोग मागे। उनले रात्रिकालीन आर्थिक गतिविधिले समग्र व्यापारलाई टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।

नवनियुक्त एसपी प्रदीप बहादुर क्षेत्रीले व्यवसायीहरूलाई शान्तिपूर्ण सुरक्षित वातावरणमा आफ्नो व्यवसाय सञ्चालन गर्न आग्रहगरे। उनले कानुनको परिधिभित्र रहेर काम गर्ने सबैलाई प्रहरीको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। क्षेत्रीले जिल्लाको शान्तिसुरक्षा कायम राख्न आर्थिक विकासमा सकारात्मक योगदान पुर्‍याउन व्यवसायीहरूसँग सहकार्य गरेर अघि बढ्ने बताए।

कार्यक्रममा विभिन्न व्यवसायी सङ्गठनका प्रतिनिधिहरूले पनि आफ्ना विचार राखेका थिए। सबैले प्रहरी प्रशासनसँग समन्वय गरीअगाडि बढ्न तयार रहेको बताएका थिए।

यो स्वागत तथा परिचयात्मक कार्यक्रमले रुपन्देहीको व्यावसायिक समुदाय प्रहरी प्रशासनबीच आपसी समझदारी सहकार्यकोनयाँ अध्याय सुरु हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय