LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

सैनामैना (रुपन्देही), फागुन १४
सैनामैना नगरपालिका–११, तालीस्थित श्री कोटियादेवी माध्यमिक विद्यालयमा आयोजित श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ बाट १ करोड ८ लाख ३५ हजार ७५० रुपैयाँ बचत भएको छ। विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि र आन्तरिक स्रोत सुदृढीकरणका लागि फागुन ७ देखि १४ गतेसम्म सञ्चालन गरिएको महायज्ञको आय–व्यय विवरण एक कार्यक्रममार्फत शुक्रबार सार्वजनिक गरिएको हो।

मूल आयोजक समितिद्वारा प्रस्तुत विवरण अनुसार महायज्ञबाट कुल १ करोड ३९ लाख ५२ हजार ८२९ रुपैयाँ आम्दानी भएको हो। कुल खर्च ३१ लाख १७ हजार ७९ रुपैयाँ रहेको जनाइएको छ।

कार्यक्रममा वडा नं. ११ का वडा अध्यक्ष रामप्रसाद भुसालले महायज्ञबाट उठेको रकम पारदर्शी रूपमा खर्च हुने प्रतिबद्धता व्यक्त गर्दै, “महायज्ञले अपेक्षाभन्दा दोब्बर सफलता दिएको छ,” भने। उनले व्यवस्थापन पक्षबाट पनि अब महायज्ञको उद्देश्यलाई सफलतापूर्वक कार्यान्वयन गर्नुपर्ने बताए।

त्यसैगरी महायज्ञ मूल व्यवस्थापन समितिका संयोजक तिलकराम घिमिरेले समाजको समृद्धि शिक्षाको विकाससँग जोडिएको उल्लेख गर्दै, “महायज्ञको मुख्य उद्देश्य पूरा भएको छ,” भनी बताए।

महायज्ञको आय–व्यय विवरण सार्वजनिक गर्दै कोषाध्यक्ष शिवलाल घिमिरेले सम्पूर्ण हिसाबकिताब पारदर्शी रूपमा राखिएको र सबै बिल–भरपाई सुरक्षित रूपमा संग्रह गरिएको जनाए। यद्यपि केही रकम संकलनको दायित्व अझै बाँकी रहेको पनि उनले उल्लेख गरे।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष गुणाखर घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक पुनाराम घिमिरेले गरेका थिए। कार्यक्रममा सल्लाहकार चुरामणि घिमिरे र मिनप्रसाद घिमिरेले शुभकामना मन्तव्य राखेका थिए।

सोही अवसरमा महायज्ञमा विभिन्न किसिमका सहयोग गर्ने व्यक्तिहरूलाई दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो।

https://www.facebook.com/share/v/1APz7PS8cW/

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय