LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

२७ वैशाख, काठमाडौं ।
नेपालले आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा बहराइनमाथि सहज जीत हात पारेको छ।

थाइल्याण्डको तेरथाइ क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले बहराइनलाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गर्‍यो। वर्षा र भिजेको मैदानका कारण खेललाई ५ ओभरमा झारिएको थियो।

टस हारेर पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ५ ओभरमा १ विकेटको क्षतिमा ४१ रन बनाएको थियो। बहराइनकी कप्तान दिपिका रंगासिकाले १३ बलमा ३४ रनको तेज तर्रार पारी खेल्दै टिमलाई चुनौतीपूर्ण स्कोरमा पुर्‍याइन्। उनी श्रीलंकाबाट अनुभव बटुलेकी खेलाडी हुन्।

४२ रनको लक्ष्य पछ्याउन उत्रिएको नेपालले ४.२ ओभरमा १ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। नेपालका लागि कविता कुँवरले १८ रन बनाइन् भने सम्झना खड्का १३ रनमा अविजित रहिन्। कप्तान इन्दु बर्मा ७ रनमा क्रिजमै थिइन्।

यसअघि शुक्रबार हङकङविरुद्धको नेपालको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो। टससमेत हुन नसकेको उक्त खेलमा नेपाल र हङकङले १–१ अंक बाँडेका थिए।

नेपालले अब मंगलबार हङकङविरुद्ध प्रतिस्पर्धा गर्नेछ। समूह चरणमा नेपालले उत्कृष्ट प्रदर्शन गर्नुपर्ने दबाब कायम नै छ, ताकि विश्वकपको अर्को चरणमा प्रवेशको सम्भावना जीवित रहोस्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय