LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

तुलसीपुर २७ बैशाख
दिव्य कुञ्ज एकेडेमीको आयोजनामा मानव सेवा आश्रम तुलसीपुरमा आश्रित लक्ष्मीनारायण बालगोपाल जस्ता व्यक्तिहरूको सहयोगार्थ मुठीदान कार्यक्रम सम्पन्न गरिएको छ। विद्यालय प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर भण्डारी ‘मोहन’को अध्यक्षता तथा मानव सेवा आश्रमका संयोजक हिरु जोशीको प्रमुख आतिथ्यता रहेको थियो।

एक मुठी दान–मानवताप्रतिको सम्मान’ भन्ने मूल नारासहित सञ्चालित कार्यक्रममा विद्यालयमा अध्ययनरत करिब १००० भन्दा बढी विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको सहयोगमा रु १५,००० नगद तथा १५० किलो भन्दा बढी चामल संकलन गरी आश्रमलाई हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक कुलानन्द अधिकारीले जानकारी दिनुभएको हो।

कार्यक्रमका प्रमुख अतिथि जोशीले यो अभियान दाङ जिल्लामै पहिलोपटक विद्यालय तहमै विद्यार्थीहरूबाट सञ्चालित सामाजिक सहयोगको उदाहरण भएको बताउनुभएको हो।

अध्यक्ष भण्डारीले मुठीदान कार्यक्रमले विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्वको चेतना विकास गर्नुका साथै मानवताका लागि सकारात्मक सन्देश फैलाउने विश्वास व्यक्त गर्नुभएको हो ।

कार्यक्रमको शुरुवात निमावि सहसयोजक भावना भट्टराईको स्वागत मन्तव्यबाट भएको कार्यक्रमको सहजीकरण विद्यालयकी शिक्षिका सरला श्रेष्ठले गर्नुभएको थियो।

सहयोग, करुणा र दया भावनाको सन्देश बोकेको यस कार्यक्रमले समाजमा आश्रितहरूप्रति गरिनुपर्ने जिम्मेवारीबोध र एक मुठीले पनि कसैको जीवन उज्यालो बनाउन सक्ने सन्देश फैलाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय