LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

लुम्बिनी, वैशाख २७ – यस वर्ष २५६९औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस विशेष र भव्य रुपमा मनाउने तयारी गरिएको छ। लुम्बिनी विकास कोषले वैशाख २८ गतेदेखि ३० गतेसम्म तीन दिने विविध कार्यक्रमसहित बुद्ध जयन्ती मनाउने भएको हो।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष तथा बुद्ध जयन्ती प्रचार–प्रसार समितिका संयोजक ढुण्डीराज भट्टराईका अनुसार वैशाख २९ गते सोमबारको मुख्य समारोहको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय गरिएको छ।

हिन्दू तथा बौद्ध मान्यताअनुसार वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण एकै दिन परेकाले यस दिनलाई त्रिसंयोग दिवसका रुपमा मनाइन्छ। यसै सन्दर्भमा लुम्बिनी, तिलौराकोट र देवदहमा विविध कार्यक्रम आयोजना गरिने छ।

बुद्ध जयन्ती सफल बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा ५६९ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ। लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले तीन दिने कार्यक्रम सञ्चालन गर्न करिब १ करोड रुपैयाँ खर्च हुने जानकारी दिनुभयो। उहाँले बुद्ध जयन्तीलाई राष्ट्रिय गौरवसँग जोडिएको ऐतिहासिक अवसर भएको उल्लेख गर्दै सबैको सहभागिता आवश्यक रहेको बताउनुभयो।

कार्यक्रमको पूर्वसन्ध्यामा वैशाख २८ गते आइतबार साँझ मायादेवी मन्दिर परिसरमा अहोरात्र महापरित्राण पाठ हुनेछ। वैशाख २९ गते बिहान ६ बजेदेखि प्रार्थना सभा र साढे ७ बजे ५ नम्बर गेटबाट भिक्षु–भिक्षुणी, लामा गुरु, उपासक–उपासिकासहित शोभायात्रा सुरु हुनेछ।

त्यसैगरी, बृहत्तर लुम्बिनी क्षेत्र सरसफाइ, दीप प्रज्वलन, खेलकुद, शाकाहारी खाना महोत्सव, आँखा शिविर, रक्तदान, नाट्य प्रस्तुति, शान्ति ध्यान, प्रभुति उत्सव जस्ता कार्यक्रमले भरिपूर्ण हुनेछ।

समारोहमा संघीय तथा प्रदेश मन्त्रीहरू, उच्चपदस्थ अधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि, विदेशी अतिथिसहित संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेको समेत सक्रिय सहभागिता रहनेछ।

लुम्बिनी विकास कोषले यसवर्षको बुद्ध जयन्ती राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा नेपालको सांस्कृतिक पहिचान उजागर गर्ने महत्वपूर्ण अवसरका रुपमा लिनुपर्ने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय