LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

लुम्बिनी सांस्कृतिक नगरपालिकाले बुद्ध जयन्तीको विशेष अवसरमा आईतबार लुम्बिनीको विभिन्न क्षेत्रमा सरसफाई गरेको छ ।

यसअघि लुम्बिनी क्षेत्रको फोहर व्यवस्थापन गर्दै गत बुधबारदेखि सरसफाई अभियान सुरु गरेको लुम्बिनी सांस्कृतिक नगरपालिकाले बुद्ध जयन्तको विशेष अवसरमा लुम्बिनीका विभिन्न चोक र चौराहामा आईतबार सरसफाई गरेको हो ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन मुसलमानको नेतृत्वमा रहेको टोलीले सरसफाई गरेको हो ।

सरसफाई कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिका, लुम्बिनीका विभिन्न संघ संस्था, ब्यवसायी, आमा समुह, क्लब तथा स्थानियको सहभागिता रहेको थियो ।

लुम्बिनीमा तीन दिने कार्यक्रम गरि बुद्ध जयन्ती तथा लुम्बिनी दिवस मनाउने कार्यक्रम रहेको छ ।
यसअघि लुम्बिनी सांस्कृतिक नगरपालिकाले लुम्बिनीलाई स्वच्छ हराभरा बनाउने उद्देश्यले सरसफाई अभियान चलाउने निर्णय गरिसकेको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख सजरुद्दीन मुसलमानले बुद्ध जयन्तीमा विशेष सरसफाई गरिएपनि लुम्बिनी क्षेत्रलाई सफा, हराभरा र स्वच्छ राख्न हरेक दिन सरसफाई गर्ने बताउनुभयो । उहाँले लुम्बिनीलाई सरसफाईयुक्त बनाउन फोहर व्यवस्थापन केन्द्र र हरित उद्यान निर्माण गरिसकेको बताउदै फोहरको समस्या अब अन्त्य हुने बताउनुभयो । नगरपालिकाले कुहिने र नकुहिने फोहर तालिका बनाएरै अलग गरेर व्यवस्थापन गर्ने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय