LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

लुम्बिनी सांस्कृतिक नगरपालिकाले बुद्ध जयन्तीको विशेष अवसरमा आईतबार लुम्बिनीको विभिन्न क्षेत्रमा सरसफाई गरेको छ ।

यसअघि लुम्बिनी क्षेत्रको फोहर व्यवस्थापन गर्दै गत बुधबारदेखि सरसफाई अभियान सुरु गरेको लुम्बिनी सांस्कृतिक नगरपालिकाले बुद्ध जयन्तको विशेष अवसरमा लुम्बिनीका विभिन्न चोक र चौराहामा आईतबार सरसफाई गरेको हो ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन मुसलमानको नेतृत्वमा रहेको टोलीले सरसफाई गरेको हो ।

सरसफाई कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिका, लुम्बिनीका विभिन्न संघ संस्था, ब्यवसायी, आमा समुह, क्लब तथा स्थानियको सहभागिता रहेको थियो ।

लुम्बिनीमा तीन दिने कार्यक्रम गरि बुद्ध जयन्ती तथा लुम्बिनी दिवस मनाउने कार्यक्रम रहेको छ ।
यसअघि लुम्बिनी सांस्कृतिक नगरपालिकाले लुम्बिनीलाई स्वच्छ हराभरा बनाउने उद्देश्यले सरसफाई अभियान चलाउने निर्णय गरिसकेको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख सजरुद्दीन मुसलमानले बुद्ध जयन्तीमा विशेष सरसफाई गरिएपनि लुम्बिनी क्षेत्रलाई सफा, हराभरा र स्वच्छ राख्न हरेक दिन सरसफाई गर्ने बताउनुभयो । उहाँले लुम्बिनीलाई सरसफाईयुक्त बनाउन फोहर व्यवस्थापन केन्द्र र हरित उद्यान निर्माण गरिसकेको बताउदै फोहरको समस्या अब अन्त्य हुने बताउनुभयो । नगरपालिकाले कुहिने र नकुहिने फोहर तालिका बनाएरै अलग गरेर व्यवस्थापन गर्ने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय