LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

काठमाडौं, वैशाख २९ — सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण सम्बन्धी निवेदनमा आइतबार पनि सर्वोच्च अदालतमा सुनुवाइ हुन सकेन।

सभापति लामिछानेकी पत्नी निकिता पौडेलले वैशाख ७ गते सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनमा आजको सुनुवाइ न्यायाधीश सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको संयुक्त इजलासमा तोकिएको थियो। तर, न्यायाधीश पोखरेल, अघिल्लो समय लामिछानेकै कानुनी प्रतिनिधिका रूपमा संलग्न भएको आधारमा उक्त मुद्दामा आफूले निर्णय दिन नमिल्ने स्पष्ट गर्दै पन्छिनुभएको हो।

न्यायाधीश पोखरेलको आत्मविमर्शका कारण पेसी सूचीमा पहिलो नम्बरमा रहे पनि उक्त निवेदनमा सुनुवाइ अघि बढ्न सकेन। अब उक्त निवेदन अर्को उपयुक्त इजलासमा पुनः पेश गरिनेछ।

सभापति लामिछानेलाई बुटवलस्थित सुप्रिम सहकारी प्रकरणमा संलग्न रहेको आरोपमा रुपन्देही जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। तर, उच्च अदालत तानसेनले सो आदेश उल्ट्याउँदै उहाँलाई पुर्पक्षका लागि थुनामा राख्न निर्देशन दिएको हो।

यसैबीच, लामिछानेले कानुनी प्रक्रिया नअपनाई आफूलाई नियन्त्रणमा लिइएको आरोप लगाउँदै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण निवेदन दायर गर्नुभएको हो। निवेदनमा उहाँलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै तत्काल रिहाइको माग गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय