LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

लुम्बिनी, वैशाख २९ — भगवान् गौतम बुद्धको २५६८ औँ जन्मजयन्ती तथा लुम्बिनी दिवसको अवसरमा लुम्बिनी सांस्कृतिक नगरपालिकाले विशेष सरसफाई अभियान सञ्चालन गरेको छ। आइतबार लुम्बिनीका विभिन्न चोक, चौराहा तथा सार्वजनिक स्थानहरूमा सरसफाई कार्य गरिएको हो।

गत बुधबारदेखि सुरु गरिएको सरसफाई अभियानलाई बुद्ध जयन्तीको दिन विशेष रुपमा विस्तार गरिएको लुम्बिनी सांस्कृतिक नगरपालिकाले जनाएको छ। नगर प्रमुख सजरुद्दीन मुसलमानको नेतृत्वमा गरिएको अभियानमा नगरपालिकाका कर्मचारी, विभिन्न संघ–संस्था, स्थानीय व्यवसायी, आमा समूह, क्लब तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रह्यो।

बुद्ध जयन्ती तथा लुम्बिनी दिवस मनाउन लुम्बिनीमा तीन दिने कार्यक्रम तय गरिएको छ। यस अवसरलाई लक्षित गर्दै सरसफाई मात्र नभई लुम्बिनीको सौन्दर्य वृद्धि तथा वातावरणीय सन्तुलन कायम राख्ने उद्देश्यसहित अभियान सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ।

नगर प्रमुख मुसलमानले लुम्बिनीलाई स्वच्छ, हराभरा र पर्यावरणमैत्री क्षेत्रको रूपमा विकास गर्न नगरपालिकाले दीर्घकालीन योजना अघि बढाएको जानकारी दिनुभयो। “बुद्ध जयन्तीमा मात्र होइन, प्रत्येक दिन लुम्बिनी सफा राख्न सरसफाई नियमित गरिन्छ,” उहाँले भन्नुभयो।

नगरपालिकाले फोहर व्यवस्थापनलाई व्यवस्थित गर्न कुहिने र नकुहिने फोहोर छुट्याउने तालिका नै बनाएर कार्यान्वयनमा ल्याएको छ। साथै, फोहर व्यवस्थापन केन्द्र र हरित उद्यानको निर्माणमार्फत दीर्घकालीन समाधानको मार्ग खोलिएको समेत प्रमुख मुसलमानले बताउनुभयो।

बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्वकै शान्ति सन्देश प्रवाह गर्ने केन्द्रको रूपमा विकास गर्न स्थानीय सरकारको प्रयास सराहनीय रहेको भन्दै स्थानीयवासीले पनि अभियानमा सकृय सहभागिता जनाइरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय