LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

नारायणगढ–बुटवल सडक खण्ड अन्तर्गत नवलपुरको मध्यबिन्दु नगरपालिका–६ चोरमारस्थित गिरूबारी खोलाको पुल भाँचिएपछि यात्रुको बिचल्ली भएको छ । शनिवार राति साढे ८ बजेदेखि पुल भाँचिएर यातायात पूर्ण रूपमा अवरुद्ध भएको हो ।

भाँचिएको पुल मर्मत गरी सञ्चालन गर्न सम्भव नभएको र नयाँ पुल बनिहाल्ने अवस्थामा नरहेका कारण यात्रुलाई समस्या भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक यादव ढकालले बताउनुभयो । सडक विभागले डाइभर्सन नबनाएसम्म गाडी सञ्चालन गर्न नसकिने उहाँको भनाइ छ ।

प्रहरी उपरीक्षक ढकालका अनुसार साना तथा हलुका सवारी साधन भने लामो मार्ग भएर गिरुबारीका भित्री सडकबाट पार हुने गरेका छन् भने ठुला बस तथा मालवाहक गाडी बिच बाटोमै रोकिएका छन् ।

बिहान ५ बजेसम्म दाउन्नेको सडक विस्तारका लागि रोकिएका गाडीहरू ५ बजेपछि छोडिएकाले अव झन् ठुलो जाम हुने जिल्ला ट्राफिक प्रमुख, प्रहरी निरीक्षक जनक बन्जराले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय