LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देही, वैशाख ३० — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समाजलाई आध्यात्मिक ज्ञान र साधनाको माध्यमबाट सुन्दर, स्वस्थ र समृद्ध बनाउन सकिने बताएका छन्।

मंगलबार सिद्धार्थनगर नगरपालिका–४, रुपन्देहीमा निर्माण भएको ‘द आर्ट अफ लिभिङ’ आश्रमको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकार आध्यात्मिक चेतना, मानसिक स्वास्थ्य र सामाजिक सद्भावका लागि यस्ता अभियानहरूसँग सहकार्य गर्न तयार रहेको बताए।

“समाजलाई परिवर्तन गर्न, सत्मार्गमा डोर्याउन र जीवनलाई सुखी बनाउन ध्यान र ज्ञानका यस्ता अभियानहरूले महत्वपूर्ण भूमिका खेल्छन्,” मुख्यमन्त्री आचार्यले भने, “हाम्रो जीवन के हो? खुशी र सन्तुष्टि कसरी प्राप्त गर्ने भन्ने जस्ता प्रश्नमा उत्तर दिन यस्ता संस्थाहरू उपयोगी हुनेछन्।”

आश्रमका संयोजक दिपेन्द्र प्रधानका अनुसार झण्डै साढे चार करोड रुपैयाँ लागतमा आश्रमको निर्माण थालिएको हो, जुन दान संकलनबाट अगाडि बढाइएको छ। आश्रम ७ कठ्ठा क्षेत्रफलमा फैलिएको छ।

‘द आर्ट अफ लिभिङ नेपाल’का अध्यक्ष सिद्धेश्वर कुमार सिंहका अनुसार हाल देशभर तीनवटा आश्रम र २६ वटा योग केन्द्र सञ्चालनमा छन्। निकट भविष्यमा अन्य प्रदेशहरूमा पनि यस्ता आश्रम विस्तार गर्ने योजना रहेको उनले जानकारी दिए।

मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशलाई आध्यात्मिक ज्ञान र साधनाको केन्द्रको रूपमा स्थापित गर्न आवश्यक पहलहरू गरिने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय