LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

रुपन्देहीको सैनामैनामा दलित समुदायको सिप विकासका लागि आधारभूत जुत्ता कालिगढ तालिम सम्पन्न भएको छ ।
सैनामैना ६ कलौनीस्थित भगत सर्वजीत प्रतिष्ठानको भवनमा भएको तालिम गत चैत १४ देखि बैशाख २७ गतेसम्म चलेको थियो ।

सैनामैना नगरपालिकाको आयोजना र सामुदायिक जागरण विकास मञ्च रुपन्देहीको व्यवस्थापनमा भएको तालिम समापन समारोहमा बोल्दै सैनामैना नगरपालिका उपप्रमुख बिना रानाले आर्थिक उपार्जनका लागि सिपको ठूलो महत्व रहेको बताउँदै सिप सिकेर आत्मनिर्भर बन्न आग्रह गर्नुभयो । उहाँले सिप नभएकोलाई परिवार र समाजले हेर्ने दृष्टिकोण समेत परिवर्तन हुने भएकोले सिप सिकेर आत्मनिर्भर बन्न यस प्रकारको तालिमको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।

१५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको तालिम समापनका अवसरमा बोल्दै सैनामैना नगरपालिकाका कार्यपालिका सदस्य तथा सामाजिक विकास समितिका संयोजक सुरज बरालले साना साना कुरा सिकेर पनि सिपसंग जोड्न सकियो भने त्यसले आत्मनिर्भर बन्न सहयोग पु¥याउने उल्लेख गर्नुभयो । उहाँले कुनैपनि सिप सानो ठूलो नहुने भन्दै सिप सिकेर जीवनलाई रोजगारीसंग जोडन आग्रह गर्नुभयो ।

सैनामैना कपडा तथा सिलाई व्यवसायी समितिका अध्यक्ष सन्तोष परियारको स्वागतमा भएको कार्यक्रममा सैनामैना नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत शिवलाल अर्याल, सैनामैना दलित उत्थान नगर समितिका अध्यक्ष जयलाल विश्वकर्मा लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन भगत सर्वजीत स्मृति प्रतिष्ठानका सहसचिव सुमित्रा सुनारले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय