LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

स्वावलम्बन लघुवित्त वित्तिय संस्था सालझण्डी रुपन्देहीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत सिद्धबाबा जेष्ठ नागरिक आमा समूहलाई साउण्ड सिस्टम वितरण गरेको छ ।

सैनामैना ११ बनकट्टीमा रहेको सिद्धबाबा मन्दिरमा विहिवार आयोजित एक समारोहका बीच स्वावलम्बन लघुबित्त वित्तिय संस्थाले उक्त साउण्ड सिस्टम हस्तान्तरण गरेको हो ।

सिद्धबाबा जेष्ठ नागरिक आमा समूहकी अध्यक्ष कविता जिसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमु्ख अतिथि सैनामैना नगरपालिका वडा नंं ११ का वडा अध्यक्ष रामप्रसाद भुसालले स्वावलम्बन लघुवित्त वित्तिय संस्थाले सिद्धबाबा जेष्ठ नागरिक आमा समूहलाई साउण्ड सिस्टम हस्तान्तरण गरेकोमा धन्यबाद दिदै आगामी दिनमा पनि रचनात्मक कार्य गर्न सुझाव दिनुभयो । उहाँले सिद्धवावा जेष्ठ नागरिक आमा समूहलाई कुनैपनि कार्यक्रम गर्न साउण्ड सिस्टमले सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

स्वावलम्बन लघुवित्त वित्तिय संस्था सालझण्डीका प्रमुख सुमन खत्रीले १४ हजारको लगानीमा खरिद गरिएको साउण्ड सिस्टम सिद्धबाबा जेष्ठ नागरिक आमा समूहलाई प्रदान गरिएको बताउनुभयो । उहाँले यसभन्दा अघिपनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत दुधराक्षको कालमोचन शिवालय मन्दिरमा पनि जनचेतनामूलक कार्यक्रम गरेको बताउनुभयो । समारोहमा समाजसेवी नरेन्द्र रोकायाले पनि सामाजिक उत्तरदायित्व अन्तरगत वितरण गरिएको साउण्ड सिस्टमले सिद्धबाबा जेष्ठ नागरिक आमा समूहलाई कार्यक्रम गर्न सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय