LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

रुपन्देहीको सैनामैना नगरपालिकामा दलित समुदायका लागि आयोजित आधारभूत जुत्ता कालिगढ तालिम सफलतापूर्वक सम्पन्न भएको छ। सैनामैना–६, कलौनीस्थित भगत सर्वजीत प्रतिष्ठानको भवनमा चैत १४ गतेदेखि बैशाख २७ गतेसम्म सञ्चालन भएको तालिममा १५ जना प्रशिक्षार्थी सहभागी थिए।

सैनामैना नगरपालिकाको आयोजना र सामुदायिक जागरण विकास मञ्च, रुपन्देहीको व्यवस्थापनमा सम्पन्न तालिमको समापन समारोहमा उपप्रमुख बिना रानाले सिप सिकेर आत्मनिर्भर बन्नेमा जोड दिनुभयो। उहाँले सिपले मात्र आर्थिक उपार्जनलाई सहज बनाउने नभई, सामाजिक दृष्टिकोण पनि बदल्ने उल्लेख गर्नुभयो।

कार्यपालिका सदस्य तथा सामाजिक विकास समितिका संयोजक सुरज बरालले कुनै पनि सिप सानो वा ठूलो नहुने भन्दै सिप सिकेर जीवनलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड दिनुभयो।

 

कार्यक्रममा सैनामैना कपडा तथा सिलाई व्यवसायी समितिका अध्यक्ष सन्तोष परियारले स्वागत मन्तव्य दिनुभयो भने निमित्त प्रशासकीय अधिकृत शिवलाल अर्याल, दलित उत्थान नगर समितिका अध्यक्ष जयलाल विश्वकर्मा लगायतले शुभकामना मन्तव्य दिनुभयो। कार्यक्रमको सञ्चालन भगत सर्वजीत स्मृति प्रतिष्ठानकी सहसचिव सुमित्रा सुनारले गर्नुभएको थियो।

सिप विकास तालिमले स्थानीय समुदायको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय