LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

सैनामैना ११ तालीमा रहेको कोटियादेवी माध्यमिक विद्यालयको ३५ औं बार्षिक उत्सव तथा अभिभावक दिवस २०८२ एवं नवनिर्मित भवन समुदघाटन कार्यक्रम सम्पन्न भएको छ ।
त्यस अवसरमा कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री भूमिश्वर ढकालले नवनिर्मित भवनको उदघाटन गर्दै नयाँ भवनका लागि फर्निचरको अभाव देखिएको हुँदा नयाँ बजेटमा फर्निचरको व्यवस्था गरिदिने आश्वासन दिनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथी सैनामैना नगरपालिकाका निवर्तमान नगर प्रमुख चित्रबहादुर कार्कीले विद्यालयका लागि थप आठ कोठे भवनको आवश्यकता देखिएकोले त्यसका लागि संघीय सरकारसंग पहल भैरहको र बजेट आउने विश्वास व्यक्त गर्नुभयो । उहाँले विद्यालयले शैक्षिक गुणस्तरमा बृद्धि गरेको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुणाकर घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा सैनामैना वडा नं. १० का वडा अध्यक्ष कृष्णप्रसाद घिमिरे र वडा नं. ११ का वडा अध्यक्ष रामप्रसाद भुसालले पनि विद्यालयले पछिल्लोसमय शैक्षिक क्षेत्रमा प्रगति गर्दै गएको बताउनुभयो ।

विद्यालयका सहायक प्रधानाध्यापक पुनाराम घिमिरेले संचालन गर्नुभएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रमेश भुसालले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने स्वागत शिक्षक होमलाल घिमिरेले गर्नुभएको थियो ।

बार्षिकोत्सवको अवसरमा विद्यालयमा स्थापना गरिएको अक्षयकोषबाट पुरस्कार प्रदान गर्नुका साथै विद्यार्थी र शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय