LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

बुटवल उपमहानगरपालिका खेलकुद विकास समितिको आयोजनामा आईतबारदेखि प्रथम मेयर कप विधालयस्तरिय क्रिकेट प्रतियोगिता आइतवार सुरु भएको छ ।
प्रतियोगिताको उदघाटन खेलमा न्यु होराईजनले गार्गी एकेडेमीलाई १ सय ११ रनले हराएको छ । शक्ति गौचनको प्रशिक्षणमा रहेको न्यु होराइजनले टस जितेर पहिले ब्याटिङ गर्दै १४.३ ओभरमा १ सय ४६ रन बनाएको थियो ।
न्यु होराइजनका सिद्धार्थ ढकालले ५२ रनको अर्ध शतकीय इनिङ खेले । अमिर ठकुरीले २०, प्रिन्स पालले १६, संगम पाण्डेले १३ रन बनाए । गार्गीका शिभ्य दलार्मीले ३ तथा अप्सोन जिसी र आयुष कार्कीले समान २ विकेट लिए ।
जितका लागि १ सय ४७ रनको लक्ष्य पछ्याएको गार्गी ७ ओभरमा मात्र ३५ रनमा अलआउट भयो ।
गार्गीलाई सस्तैमा अल आउट गर्ने क्रममा न्यु होराइजनका २ खेलाडी प्रिन्स पाल र सुभम पाण्डेले ह्याट्रिक गरेका छन् । गार्मीका अप्सोन विक्रम जिसीले २७ रन बनाए। ८ खेलाडी शुन्यमा आउट भए ।
बुटवल उपमहानगरपालिका वडा नं. १६ मा रहेको नरैनापुर क्रिकेट मैदानमा सञ्चालन भएको प्रतियोगिताको नगरप्रमुख खेलराज पाण्डेले उद्दघाटन गर्नुभएको हो ।
जेठ ९ गते सम्म सन्चालन हुने प्रतियोगितामा संस्थागत १० र सामुदायिक ७ गरि १७ विद्यालयले भाग लिएका छन् । जसमा समुह एमा न्यु होराइजन, गार्गीसहित कालिका मावि,नवरत्न मावि, इन्टेलेक्चुअल एकेडेमी, दीप बोर्डिङ स्कुल, बुटवल इलिट, इडन इंग्लिस बोर्डिङ र गणेश ज्ञान ज्योती पब्लिक छन् ।
समूह बीमा एभरेष्ट इंग्लिस बोर्डिङ स्कुल, बुटवल ग्लोरी, मोतिपुर मावि, कान्ति मावि, अमर मावि, नविन औद्योगिक मावि, नयाँगाउँ मावि र समिट इंग्लिस बोर्डिङ छन् ।
प्रतियोगितामा विजेताले ५० हजार र दोस्रो टोलीले ३० हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक सरोज सिंहले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय