LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

बुटवल उपमहानगरपालिका खेलकुद विकास समितिको आयोजनामा आईतबारदेखि प्रथम मेयर कप विधालयस्तरिय क्रिकेट प्रतियोगिता आइतवार सुरु भएको छ ।
प्रतियोगिताको उदघाटन खेलमा न्यु होराईजनले गार्गी एकेडेमीलाई १ सय ११ रनले हराएको छ । शक्ति गौचनको प्रशिक्षणमा रहेको न्यु होराइजनले टस जितेर पहिले ब्याटिङ गर्दै १४.३ ओभरमा १ सय ४६ रन बनाएको थियो ।
न्यु होराइजनका सिद्धार्थ ढकालले ५२ रनको अर्ध शतकीय इनिङ खेले । अमिर ठकुरीले २०, प्रिन्स पालले १६, संगम पाण्डेले १३ रन बनाए । गार्गीका शिभ्य दलार्मीले ३ तथा अप्सोन जिसी र आयुष कार्कीले समान २ विकेट लिए ।
जितका लागि १ सय ४७ रनको लक्ष्य पछ्याएको गार्गी ७ ओभरमा मात्र ३५ रनमा अलआउट भयो ।
गार्गीलाई सस्तैमा अल आउट गर्ने क्रममा न्यु होराइजनका २ खेलाडी प्रिन्स पाल र सुभम पाण्डेले ह्याट्रिक गरेका छन् । गार्मीका अप्सोन विक्रम जिसीले २७ रन बनाए। ८ खेलाडी शुन्यमा आउट भए ।
बुटवल उपमहानगरपालिका वडा नं. १६ मा रहेको नरैनापुर क्रिकेट मैदानमा सञ्चालन भएको प्रतियोगिताको नगरप्रमुख खेलराज पाण्डेले उद्दघाटन गर्नुभएको हो ।
जेठ ९ गते सम्म सन्चालन हुने प्रतियोगितामा संस्थागत १० र सामुदायिक ७ गरि १७ विद्यालयले भाग लिएका छन् । जसमा समुह एमा न्यु होराइजन, गार्गीसहित कालिका मावि,नवरत्न मावि, इन्टेलेक्चुअल एकेडेमी, दीप बोर्डिङ स्कुल, बुटवल इलिट, इडन इंग्लिस बोर्डिङ र गणेश ज्ञान ज्योती पब्लिक छन् ।
समूह बीमा एभरेष्ट इंग्लिस बोर्डिङ स्कुल, बुटवल ग्लोरी, मोतिपुर मावि, कान्ति मावि, अमर मावि, नविन औद्योगिक मावि, नयाँगाउँ मावि र समिट इंग्लिस बोर्डिङ छन् ।
प्रतियोगितामा विजेताले ५० हजार र दोस्रो टोलीले ३० हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक सरोज सिंहले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय