१९ मे २०२५ युएई: सुरेन्द्र परियार
लुम्बिनी प्रदेश समाज युएईको चौथो एकता महाधिवेशन सम्पन्न भएको छ । संयुक्त अरब इमिरेट्स (युएई) मा कृयाशिल लुम्बिनी प्रदेश भित्र रहेका जिल्ला एबं नगर तहका १२ संस्था एबं समाजबाट एकीकृत संस्थाको रूपमा एकता महाधिबेशन गरी कपिलवस्तु समाजका नारायण प्रसाद अधिकारीको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो ।



जसको बरिस्ठ उपाध्यक्षमा केशव ढकाल (सैनामैना समाज) उपाध्यक्षमा पदम प्रसाद गैरे , ( पाल्पालि समाज) महिला उपाध्यक्षमा चेतकला अधिकारी ( लुम्बिनी प्रदेश सम्पर्क समिति ), महासचिवमा कुमार बिष्ठ( रोल्पालि समाज) सचिवमा कृष्ण प्रसाद गैरे ( कपिलवस्तु समाज) कोषाध्यक्षमा खडानन्द आचार्य ( रोल्पालि समाज) सह–कोषाध्यक्षमा बिष्णु प्रसाद भट्टराई ( गुल्मी समाज) , प्रबक्ता मा दिपक प्रसाद खनाल ( नवलपरासी समाज) बाट चयन भएका छन् । यस्तै सदस्यहरूमा बिष्नुदेबी शर्मा( सैनामैना ) रामचन्द्र ढकाल ( पाल्पा) धर्मराज पाण्डे (अर्घाखाँची ) बिनोद न्यौपाने ( अर्घाखाँची ) राम बहादुर कुमाल ( बलकोट) कल्पना बिक ( कपिलवस्तु ) सबिता नेपाल ( नवलपरासी ) कमला पाण्डे (गुल्मी ) हेमन्त घिमिरे (प्युठान ) उर्मिला रोका( प्युठान ) रिता गैरे (दाङदेउखुरी) पृथिछक बुढा( रूकुम) निर्वाचित भए ।
यस्तै महाधिवेशनले संस्थाको संरक्षकमा नेपाली समाज युएईका अध्यक्ष र पूर्ब अध्यक्ष बेदप्रसाद अर्याललाई मनोनित गरेको छ ।

यस्तै संस्थाको सल्लाहकार प्रमुखमा पुर्ब अध्यक्ष प्रेम बहादुर बगल्दार , सल्लाहकार सदस्यहरूमा चिरन आचार्य, मनिराम भट्टराई चयन हुनुभएको निर्वाचन संयोजक कमल गिरीले बताउनुभयो ।
आइतबार बरदुबइ स्थित होटल बलियुडमा भएको सो एकता महाधिबेशन कार्यक्रम संस्थाका अध्यक्ष प्रेम कुमार बगल्दारको अध्यक्षता एबं नेपाली समाज युएईका अध्यक्ष राम मोक्तानको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै अध्यक्ष बगल्दारले युएईमा लुम्बिनी प्रदेश भित्रका कृयाशिल संस्थाहरूको एकताका लागि संस्था स्थापना गरिएको बताउनुभयो ।
प्रमुख अतिथि नेपाली समाज यूएईका अध्यक्ष राम मोक्तानले, लुम्बिनी प्रदेश भित्रका संस्थाहरू एकै ठाउ मा रहेर एकीकृत संस्थाको रूप लिनु सहरानिय भएको बताउनुभयो । उहाले, युएईमा समयानुकूल विभिन्न कार्यक्रमहरू आयोजना हुने गरेको बताउदै अबका दिनमा लुम्बिनी भित्रका संस्थाहरूले साझा कार्यक्रमहरू अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका बिशिस्ठ अतिथि समेत रहेका नेपाली समाज युएईका पुर्ब अध्यक्ष बेद प्रसाद अर्यालले निर्वाचित नया कार्यसमितिलाइ सुभकामना दिदै आगामि दिनमा साझा उदेश्य सहित हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो ।
निर्वाचित कार्यसमितिका पदाधिकारीहरूलाइ निर्वाचन संयोजक कमल गिरी, प्रमुख अतिथि, बिशिष्ठ अतिथिहरू मार्फत प्रमाणपत्र प्रदान गरिएको थियो ।
जानका खनालको स्वागत मन्तव्यमा भएको कार्यक्रम लेखनाथ पौडेल र भुपराज डुम्रेको संचालनमा भएको हो ।
२०१८ सालमा लुम्बिनी प्रदेश सम्पर्क समितिको रूपमा स्थापित संस्थालाई चौथो एकता महाधिवेशनबाट लुम्बिनी सम्पर्क समाज युएईको रूपमा परिमार्जन गरिएको हो । संस्थामा लुम्बिनी प्रदेश भित्रका ९ जिल्ला संस्थाहरू र ३ नगर संस्थाहरू आबद्दता छन् ।





