LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको सैनामैनामा महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले महिलासंग उपप्रमुख कार्यक्रम अन्तरगत संचालन भएको ४५ दिने हाते कढाई बुटिक तालिम सोमबार समापन भएको छ ।

सैनामैना नगरपालिकाको सहयोगमा ग्लोबल टेनिङ सेन्टर सिद्धार्थनगर भैरहवाको ब्यवस्थापनमा भएको तालिममा २५ जना प्रशिक्षार्थी महिला दिदी बहिनीहरुको सहभागिता रहेको थियो ।

तालिम समापन समारोहमा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले अहिलेको समयमा सिप सिकेर धेरै महिला दिदी बहिनीहरु आत्मनिर्भर भएको बताउनुभयो । उहाँले कुनैपनि कपडालाई नयाँ स्वरुप दिनु कला जस्तै नयाँ सिर्जना हो भन्दै तालिमबाट सिकेको कुरालाई व्यवहारमा उतार्न प्रशिक्षार्थीहरुसंग आग्रह गर्नुभयो ।

सैनामैना नगरपालिका उपप्रमुख बिना रानाको अध्यक्षतामा भएको समापन समारोहमा स्वागत सैनामैना नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख तुल्सा ज्ञवालीले गर्नुभएको थियो ।

ग्लोबल टेनिङ सेन्टर सिद्धार्थनगर भैरहवाकी प्रशासन प्रमुख सुनिता पाठकको संचालनमा भएको समापन कार्यक्रममा प्रशिक्षार्थीहरु लक्ष्मी अधिकारी र सुशीला थारुले तालिमबाट आफूहरुमा आत्मनिर्भर बन्न सघाउ पु¥याउने विश्वास ब्यक्त गर्नुभयो । त्यस अवसरमा महिला प्रशिक्षार्थीहरुलाई ब्लाउज, सुरुवाल, सल, कुर्ता, चुन्नी र मायाको चिनो बनाउन प्रशिक्षण दिनुका साथै साडी लगायतका कपडामा कढाई गर्न समेत सिकाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय