LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |
प्रतिनिधिसभाको बैठक आज, प्रधानमन्त्रीले प्रश्नको जवाफ

६ जेठ, काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि आजको प्रतिनिधिसभा बैठकको प्रश्नोत्तर कार्यसूची हटाइएको छ। प्रधानमन्त्रीले सांसदसँग प्रत्यक्ष रुपमा प्रश्नोत्तर गर्ने कार्यक्रम तय भए पनि स्वास्थ्य अवस्थामा समस्या देखिएपछि उक्त कार्यसूची हटाइएको हो।

सभामुख देवराज घिमिरेको सचिवालयले प्रधानमन्त्री ओलीको अस्वस्थताका कारण प्रश्नोत्तर कार्यक्रम स्थगित गरिएको जानकारी दिएको छ।

प्रतिनिधिसभाको बैठक मंगलबार बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएको हो। बैठकमा अन्य निर्धारित कार्यसूची भने यथावत् रुपमा अघि बढाइने संसद् सचिवालयले जनाएको छ।

यसअघि तय भएको कार्यसूचीअनुसार पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्ने र भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय