LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

रुपन्देहीको कञ्चन ३ हरैयामा अवस्थित हरैया बहुमुखी क्याम्पसमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । अतिरिक्त क्रियाकलाप समितिको आयोजनामा भएको कार्यक्रम समितिका संयोजक केबि धुवाँलेको अध्यक्षता, क्याम्पस प्रमुख प्रकाश खनालको प्रमुख आतिथ्यता, प्राध्यापक तारादेवी अधिकारीको सञ्चालनमा सम्पन्न भएको हो ।

कार्यक्रममा क्वीज मास्टरको भूमिका शिक्षाशास्त्र सङ्काय प्रमुख विनोद पौडेलले निर्वाह गर्नुभएको थियोे । ९ वटा टिमबीच भएको प्रतिस्पर्धामा बिबिएस दोस्रो वर्षका बालकृष्ण भट्टराई, रामशरण पासी र सीता पौडेलको समूह प्रथम, बिबिएस तेस्रो वर्षका गजेन्द्र विश्वकर्मा, अजयकुमार जयसवाल र सङ्गीता हरिजनको समूह द्वितीय, बिबिएस तेस्रो वर्षका मिलन आचार्य, अनिता थापा र कृति चालिसेका साथै बिएड दोस्रो वर्षका तुल्सी थापा मगर, सन्ध्या थापा र राजेशकुमार गुप्ताको समूह समान तृतीय भएका छन् ।

विजयी विद्यार्थी समूहलाई प्रमाणपत्र र पुरस्कारद्वारा पुरस्कृत गर्नुहुँदै क्याम्पस प्रमुख प्रकाश खनालले अतिरिक्त क्रियाकलापमा सहभागी भएका सम्पूर्णमा धन्यवाद व्यक्त गर्नुका साथै विद्यार्थीको सर्वाङ्गीण विकासका लागि क्याम्पस सदा अग्रसर भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय