LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको कञ्चन ३ हरैयामा अवस्थित हरैया बहुमुखी क्याम्पसमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । अतिरिक्त क्रियाकलाप समितिको आयोजनामा भएको कार्यक्रम समितिका संयोजक केबि धुवाँलेको अध्यक्षता, क्याम्पस प्रमुख प्रकाश खनालको प्रमुख आतिथ्यता, प्राध्यापक तारादेवी अधिकारीको सञ्चालनमा सम्पन्न भएको हो ।

कार्यक्रममा क्वीज मास्टरको भूमिका शिक्षाशास्त्र सङ्काय प्रमुख विनोद पौडेलले निर्वाह गर्नुभएको थियोे । ९ वटा टिमबीच भएको प्रतिस्पर्धामा बिबिएस दोस्रो वर्षका बालकृष्ण भट्टराई, रामशरण पासी र सीता पौडेलको समूह प्रथम, बिबिएस तेस्रो वर्षका गजेन्द्र विश्वकर्मा, अजयकुमार जयसवाल र सङ्गीता हरिजनको समूह द्वितीय, बिबिएस तेस्रो वर्षका मिलन आचार्य, अनिता थापा र कृति चालिसेका साथै बिएड दोस्रो वर्षका तुल्सी थापा मगर, सन्ध्या थापा र राजेशकुमार गुप्ताको समूह समान तृतीय भएका छन् ।

विजयी विद्यार्थी समूहलाई प्रमाणपत्र र पुरस्कारद्वारा पुरस्कृत गर्नुहुँदै क्याम्पस प्रमुख प्रकाश खनालले अतिरिक्त क्रियाकलापमा सहभागी भएका सम्पूर्णमा धन्यवाद व्यक्त गर्नुका साथै विद्यार्थीको सर्वाङ्गीण विकासका लागि क्याम्पस सदा अग्रसर भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय