LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको आयोजनामा विहिवारदेखि बुटवलमा पत्रकारहरुको क्षमता विकासका लागि डिजिटल पत्रकारिता तालीम सुरु भएको छ ।
दुई दिनसम्म चल्ने तालिममा ६० बढी पत्रकारहरुको सहभागिता रहेको छ ।

तालिम शुभारम्भका अवसरमा बोल्ने बक्ताहरुले पत्रकारहरुको क्षमता विकासका लागि यस प्रकारका तालिम सहयोगी सावित हुने बताउनु भयो । पछिल्लोसमय सूचना प्रविधिको नयाँ नयाँ प्रयोगको बिषयमा पत्रकारहरुलाई जानकारी दिनपनि यो तालिमले सहयोग पु¥याउने बताउनु भएको छ । दुई दिने तालिमबाट पत्रकारिता क्षेत्रमा कृयाशील सञ्चारकर्मीहरुलाई डिजिटल पत्रकारिताको बिषयमा नयाँ नयाँ बिषय सिक्ने अवसर समेत हुने भएकोले यो तालिम फलदायी हुने विश्वास गरिएको छ ।

तालिम शुभारम्भका अवसरमा वरिष्ठ पत्रकार डाक्टर बालकृष्ण चापागाई, नोपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामराज पोखरेल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, प्रेस काउन्सिल लुम्बिनीका अध्यक्ष मिलन गाहा लगायतले बोल्दै तालिम पत्रकारहरुको क्षमता विकासमा महत्वपूर्ण सहयोगी हुने वताउनु भयो ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईको अध्यक्षतामा भएको तालिम लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा भएको हो ।
तालिममा वरिष्ठ पत्रकार उज्वल आचार्यले प्रशिक्षण तथा सहजीकरण गर्नुभएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय