LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

सैनामैनामा शनिवार सैनामैना नीति वहस कार्यक्रम सम्पन्न भएको छ । जनप्रतिनिधिहरुलाई प्रत्यक्ष बहसमार्फत नीति निर्माणमा युवाको सहभागिता कसरी गराउन सकिन्छ भन्ने बिषयमा आयोजित नीति बहस कार्यक्रमको उदघाटन गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले सरकारले समयमै ल्याउनुपर्ने कानुन नल्याउँदा सवैतिर अस्तव्यवस्तताको अवस्था सिर्जना भएको बताउनुभयो । उहाँले नीति अभावकै कारण सवैभन्दा धेरै असर शिक्षा क्षेत्रमा परेको भन्दै संघीय कानुन नआउँदा समस्या परेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा मन्तब्य राख्दै सैनामैना नगरपालिकाका निवर्तमान नगर प्रमुख चित्रबहादुर कार्कीले नगरपालिकाले नीति ल्याउँदा युवालाई स्वरोजगारमा जोड्ने नीति ल्याउन आग्रह गर्दै रोजगारीको अवसर कसरी सिर्जना गर्ने भन्ने बिषयमा समेत ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले नगरले ल्याउने नीति र समग्र योजनाको निष्कर्षले रोजगारीको अवसर सिर्जना गरेको हुनुपर्ने बताउनुभयो ।

निर्वाण कानुनी समाज सैनामैनाको आयोजना र सैनामैना ८ मा रहेको सिद्धार्थ मेमोरियल एकेडेमीको प्रायोजनमा भएको कार्यक्रममा कालिका क्याम्पस बुटवलका प्रिन्सिपल घनश्याम पाठक, डाक्टर श्री भट्टराई, सैनामैना मेमोरियल इङलिश बोर्डिङ स्कुलका प्रवन्ध निर्देशक जेबी क्षेत्री, सामाजिक अभियन्ता महेश अधिकारी, सिद्धार्थ मेमोरियल एकेडेमीका शिक्षक विष्णु अर्याल, अधिवक्ता तथा उपप्राध्यापक लालबहादुर बस्नेत र सुशान्त शाहीले सैनामैना नगरपालिकाले आगामी दिनमा लिनुपर्ने नीतिको विषयमा आ–आफ्नो अवधारणा राख्नुभएको थियो ।

त्यस अवसरमा सैनामैना नगरपालिका उपप्रमुख बिना राना, सिद्धार्थ मेमोरियल एकेडेमीका प्रिन्सिपल भोजराज पौडेल र युवा अभियन्ता किरण तिवारी लगायतले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो । निर्वाण कानुनी समाजका अध्यक्ष बिजय सुनारको अध्यक्षतामा भएको कार्यक्रमको संचालन निश्चल ज्ञवालीले गर्नुभएको थियो भने निर्वाण कानुनी समाजका कोषाध्यक्ष तथा कार्यक्रमका संयोजक विष्णु ढकालले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय