LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

नेपाल दृष्टिविहीन उत्थान संघको आयोजनामा तथा सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीको आर्थिक सहयोगमा संचालन भएको अपांगता भएका व्यक्तिहरुका लागि समुदायमा आधारित पुनस्र्थापना कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम अन्तरगत बिउपुँजी वितरण, स्वास्थ्य उपचार र शैक्षिक सामाग्री वितरण गरिएको हो । कार्यक्रममा बोल्दै राष्ट्रिय अपांग महासंघका लुम्बिनी प्रदेश अध्यक्ष हुमनाथ अधिकारीले अपांगता भएकाहरुलाई कुनैपनि क्षेत्रबाट हौसला र सहयोग नभएको अवस्थामा बिउँपुजी र शैक्षिक सामाग्री वितरणले ठूलो सहयोग पु¥याउने विश्वास ब्यक्त गर्नुभयो । उहाँले स्वास्थ्य उपचार लिन समेत अरुको सहारा लिनुपर्ने अपांगता भएकाहरुलाई सानो सहयोगले स्वास्थ्यमा टेवा पुग्नुका साथै पुनस्र्थापना, सशक्तिकरण र क्षमता विकासमा सहयोग पुग्ने बताउनुभयो ।

त्यसैगरी कार्यक्रममा सैनामैना नगरपालिका वडा नंं १० का वडा अध्यक्ष कृष्णप्रसाद घिमिरेले अपांगता भएकाहरुलाई उत्पादनमूलक आयआर्जनका विभिन्न माध्यमहरुमा जोड्नुपर्ने बताउँदै त्यसबाट अपांगता भएकाहरुको आर्थिक विकासमा टेवा पुग्ने उल्लेख गर्नुभयो । उहाँले सैनामैना नगरपालिकाले केही समयभित्रै सालझण्डीमा कोसेली घर निर्माण गर्न लागेको र अपांगता भएकाहरुले उत्पादन गरेको सामान कोसेली घरमा राखेर विक्री वितरणमा प्रोत्साहन दिने नीति लिइने आश्वासन दिनुभयो ।

त्यसैगरी सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीका प्रमुख हरिबहादुर विष्टले अपांगता भएकाहरुलाई सहयोग गर्ने कार्यालयको लक्ष्य रहेको उल्लेख गर्दै बजेटको अभावका कारण समस्या परेको बताउनुभयो ।

नेपाल दृष्टिविहीन उत्थान संघका अध्यक्ष मुक्तिनाथ पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कोषाध्यक्ष शंकर रेग्मीले गर्नुभएको थियो ।
कार्यक्रममा अपांगता भएकाहरु ६ जनालाई बिउपुँजी अन्तरगत प्रतिव्यक्ति १० हजार, १३ जनालाई जनही २५ सयको दरले औषधी उपचार बापत आर्थिक सहयोग र १९ जनालाई स्टेशनरी वितरण गरिएको हो ।
बिउ पुँजी अन्तरगत अपांगता भएकाहरुलाई स्वरोजगार बनाउने अभियान अन्तरगत सहयोग रकम वितरण गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय