LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

रुपन्देहीको सैनामैना १० सालझण्डीमा सालझण्डी मलमला डेण्टल केयर प्रालिको उदघाटन तथा दन्त्य शिविर सेवा सञ्चालन भएको छ ।
सालझण्डी मलमला डेण्टल केयर प्रालिको उदघाटन तथा दन्त शिविरको सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले शनिवार एक समारोहका बीच गर्नुभयो ।
कार्यक्रममा उदघाटन मन्तब्य व्यक्त गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले शरीरको अरु अंग जस्तै दन्त स्वास्थ्यको बिषयमा पनि ध्यान दिनुपर्ने र हेरचाह गर्नुपर्नेमा जोड दिनुभयो । हामीले जबसम्म दाँचको महत्व बुझदैनौ तबसम्म स्वास्थ्यको विषयमा बुझन सक्दैनौं भन्दै उहाँले नेपालमा विदेशको तुलनामा दाँतको उपचार सरल छ भन्ने कुरा हामीले बुझुनु जरुरुी छ भन्नुभयो ।

सालझण्डी मलमला डेण्टल केयर प्रालिकी सञ्चालक हिराकुमारी बमरेल मगरको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संचालक बिरबहादुर बमरेलले गर्नुभएको थियो भने कार्यक्रमको संचालन संचारकर्मी चन्द्रा बस्यालले गर्नुभएको थियो । एक दिने दन्त शिविरमा निशुल्क दाँत निकाल्नुका साथै दाँत, मुख तथा गिजा सम्वन्धि परिक्षण तथा उपचारमा छुट दिईएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय