LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

सहरी पूर्व तयारी तथा आपतकालीन प्रतिकार्य प्रवद्र्धन सुपर परियोजना अन्तरगत सैनामैनामा सोमबार तातो हावाको लहर लु सम्बन्धि सचेतनामूलक सन्देश सहितको माईकिङ कार्यक्रम सम्पन्न भएको छ ।

सैनामैना नगरपालिका, नेपाल रेडक्रस सोसाइटी र स्वीस रेडक्रसको संयुक्त आयोजनामा भएको कार्यक्रममा सामाजिक सहजकर्ता डिल्लीराज जोशीले कार्यक्रमको बिषयमा जानकारी दिनुभएको थियो ।

विश्वभरी तापक्रम बढिरहेको सन्दर्भमा ग्लोबल हिट एक्सन डेको रुपमा बिट द हिट भन्ने नारासहित सैनामैना नगरपालिकामा यो दिवस सोमबार मनाईएको हो । सामाजिक सहजकर्ता डिल्लीराज जोशीले विद्यार्थीहरुमा दिवसको अवसरमा जनचेतनामूलक कार्यक्रम अन्तरगत विद्यालयमा अन्तरमाध्यमिक विद्यालय स्तरीय चित्रकला प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।

उहाँले नगर क्षेत्रमा माईकिङ गर्ने र जनचेतनामूलक सन्देशहरुमार्फत जनताको घरसम्म विपद, तापक्रम बृद्धि र तातो हावा लुको विषयमा जानकारी पु¥याउने प्रयास गरिएको बताउनुभयो ।

केही स्थानमा भित्ते लेखन र तातो हावासम्वन्धि प्रतिकार्यका लागि जनचेतना जगाउने उद्देश्यले कार्यक्रम गरेको उहाँले बताउनुभयो ।
सैनामैना नगरपालिकामा नेपाल रेडक्रस सोसाइटी, स्वीस रेडक्रस र सैनामैना नगरपालिकाको सहकार्यक्रमा गत बर्षदेखि विपदको बिषयमा जनचेतनामूलक कार्यक्रम गरिदै आएको छ । सोही सन्दर्भमा सोमबार सैनामैनाका पत्रकारहरुसंग विविध बिषयमा सोमबार विहान छलफल तथा कार्यक्रम गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय