LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

जिल्ला प्रशासन कार्यालय रुपन्देहीको अनुगमन टोलीले मापदण्ड विपरीत सञ्चालित बुटवलका ६ वटा क्लिनिकलाई बन्द गराएको छ ।

नियम विपरीत चिकित्सक राखेर चेकजाँच तथा उपचार समेत गराउने फार्मेसी तथा दर्ताविना चलेका क्लिनिकलाई लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको आग्रहपछि प्रशासनले अनुगमन गरेको हो ।

बिहीबार अनुगमन टोलीले विभिन्न ११ वटा क्लिनिकमा अनुगमन गर्दा ६ वटा क्लिनिक दर्ताविना नै सञ्चालन गरेको भेटिएपछि बन्द गराइएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले जानकारी दिनुभयो ।
टोलीले अस्पताल लाइनमा रहेको रुचिका क्लिनिक, मंगलम स्वास्थ्य क्लिनिक, पुनम मेडिकल एन्ड क्लिनिक, चन्दन स्वास्थ्य क्लिनिक एन्ड फार्मेसीको कलेक्स प्रयोगशाला बन्द गराइएको जनाएको छ ।

त्यस्तै बरदान क्लिनिक प्रालि र शिला मेडिकल हलको क्लिनिकलाई पनि बन्द गराएको छ । अनुगमन टोलीले अस्पताल लाइनकै बुटवल डेन्टल प्रालिलाई पनि बन्द गरेको छ । अनुगमनका क्रममा अधिकांश मेडिकलहरूले क्लिनिक सञ्चालन गरेको तर दर्ता नै नगरेको भेटिएको थियो ।
बन्द गरिएका सबै क्लिनिक सञ्चालकलाई दर्ताको प्रमाणपत्र लिएपछि मात्र सञ्चालनका लागि अनुमति दिइने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय