LIVE
एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षनै रास्वपा  प्रवेश | लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् पुनर्गठनका लागि सिफारिस | स्थापना दिवसको अवसरमा कपिलवस्तुमा फोटोवाक कार्यक्रम | सालझन्डीमा गुणस्तरीय सेवा सहित पाहुना घर सञ्चालनमा | एकला पहाडमा फोहोर व्यवस्थापन केन्द्र वनाउन रुख हटाउने सम्झौतामा हस्ताक्षर | दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गते सम्म सञ्चालन हुने | सैनामैनामा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न १ करोड ६० लाख बराबरको आईसिटी सामग्री वितरण | रुपन्देहीमा १० लाख बढी मूल्य बराबको अवैध सामान बरामद | बुटवलमा नौंवटा कम्पनीका नौंसय ग्यास वितरण | मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने |

सैनामैना, २४ जेठ – रुपन्देही जिल्लाको सैनामैना नगरपालिका–१ मा अवस्थित पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धामको नयाँ कार्यसमिति गठन गरिएको छ। धामको आठौं अधिवेशन जेठ १७ गते सम्पन्न भएको हो, जसअनुसार नयाँ कार्यसमितिको अध्यक्षमा चित्रबहादुर कार्की सर्वसम्मत रूपमा चयन हुनुभएको छ।

नव-निर्वाचित अध्यक्ष कार्की सैनामैना नगरपालिकाका प्रथम नगरप्रमुख समेत हुनुहुन्छ। निर्वाचन समितिका संयोजक खुसीराम चौधरीका अनुसार, १६ सदस्यीय कार्यसमिति पूर्णतः सर्वसम्मत रूपमा चयन गरिएको हो।

कार्यसमितिमा उपाध्यक्ष दुलबहादुर थारु, सरस्वती पन्थी, रामनाथ हरिजन, महासचिवमा गोपाल आचार्य, सचिवमा रमाकान्त काफ्ले र कोषाध्यक्षमा छवि पन्थ हुनुहुन्छ ।

त्यस्तै, सदस्यहरूमा विष्णु बस्नेत, शारदा चालिसे, मार्कण्ड शर्मा, रामबृक्ष मुराव, श्याम प्रसाद, गोविन्दप्रसाद पाण्डे, लक्ष्मीप्रसाद शर्मा, बिष्णु पौडेल र लक्ष्मी वाग्ले चयन भएका छन्।

धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पर्रोहा बोलबम धामको विकास, संरक्षण तथा प्रचारप्रसारमा नयाँ कार्यसमितिले सक्रिय भूमिका खेल्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय