LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सैनामैना नगरपालिका वडा नंं ४ मुर्गियामा राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालयको सेवा शुभारम्भ भएको छ ।
बैंकको सैनामैनामा विगतदेखि नै सेवा कार्यालय रहेकोमा यही जेठ २२ गतेदेखि नेपाल सरकारको पूर्ण स्वामित्व भएको बैंकको शाखा कार्यालयको रुपमा सेवा शुभारम्भ भएको हो ।

सेवा शुभारम्भ संगसंगै सैनामैना क्षेत्रमा सरकारी कामकाजका लागि सेवा सहज हुने भएको छ । त्यसैगरी सेवा निवृत्त कर्मचारीहरुलाई समेत बैंकबाट पेन्सन लिन सहज हुने भएको छ । राष्ट्रिय बाणिज्य बैंकको कार्यालय नहुँदा विगतमा सैनामैनाबाट बुटवल जानुपर्ने बाध्यता रहेको थियो ।

पछिल्लोसमय सैनामैना नगरपालिका बैंकिङ हब बन्दै गएको छ । नगर क्षेत्रमा सरकारी बैंकदेखि नीजि बैंकहरुको संख्या दर्जन बढी पुगेको छ भने त्यत्तिकै संख्यामा सहकारी संस्थाहरु समेत स्थापना भई सेवा दिईरहेका छन ।
बैंकका मुर्गिया शाखा प्रमुख रोमनाथ न्यौपानेले औपचारीक उदघाटन पछि गर्नेगरी सेवा शुभारम्भ भएको जानकारी दिदै सेवा लिन सवै सेवाग्राहीसंग आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय