LIVE
एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षनै रास्वपा  प्रवेश | लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् पुनर्गठनका लागि सिफारिस | स्थापना दिवसको अवसरमा कपिलवस्तुमा फोटोवाक कार्यक्रम | सालझन्डीमा गुणस्तरीय सेवा सहित पाहुना घर सञ्चालनमा | एकला पहाडमा फोहोर व्यवस्थापन केन्द्र वनाउन रुख हटाउने सम्झौतामा हस्ताक्षर | दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गते सम्म सञ्चालन हुने | सैनामैनामा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न १ करोड ६० लाख बराबरको आईसिटी सामग्री वितरण | रुपन्देहीमा १० लाख बढी मूल्य बराबको अवैध सामान बरामद | बुटवलमा नौंवटा कम्पनीका नौंसय ग्यास वितरण | मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने |

सैनामैना नगरपालिका वडा नंं ४ मुर्गियामा राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालयको सेवा शुभारम्भ भएको छ ।
बैंकको सैनामैनामा विगतदेखि नै सेवा कार्यालय रहेकोमा यही जेठ २२ गतेदेखि नेपाल सरकारको पूर्ण स्वामित्व भएको बैंकको शाखा कार्यालयको रुपमा सेवा शुभारम्भ भएको हो ।

सेवा शुभारम्भ संगसंगै सैनामैना क्षेत्रमा सरकारी कामकाजका लागि सेवा सहज हुने भएको छ । त्यसैगरी सेवा निवृत्त कर्मचारीहरुलाई समेत बैंकबाट पेन्सन लिन सहज हुने भएको छ । राष्ट्रिय बाणिज्य बैंकको कार्यालय नहुँदा विगतमा सैनामैनाबाट बुटवल जानुपर्ने बाध्यता रहेको थियो ।

पछिल्लोसमय सैनामैना नगरपालिका बैंकिङ हब बन्दै गएको छ । नगर क्षेत्रमा सरकारी बैंकदेखि नीजि बैंकहरुको संख्या दर्जन बढी पुगेको छ भने त्यत्तिकै संख्यामा सहकारी संस्थाहरु समेत स्थापना भई सेवा दिईरहेका छन ।
बैंकका मुर्गिया शाखा प्रमुख रोमनाथ न्यौपानेले औपचारीक उदघाटन पछि गर्नेगरी सेवा शुभारम्भ भएको जानकारी दिदै सेवा लिन सवै सेवाग्राहीसंग आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय