LIVE
एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षनै रास्वपा  प्रवेश | लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् पुनर्गठनका लागि सिफारिस | स्थापना दिवसको अवसरमा कपिलवस्तुमा फोटोवाक कार्यक्रम | सालझन्डीमा गुणस्तरीय सेवा सहित पाहुना घर सञ्चालनमा | एकला पहाडमा फोहोर व्यवस्थापन केन्द्र वनाउन रुख हटाउने सम्झौतामा हस्ताक्षर | दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गते सम्म सञ्चालन हुने | सैनामैनामा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न १ करोड ६० लाख बराबरको आईसिटी सामग्री वितरण | रुपन्देहीमा १० लाख बढी मूल्य बराबको अवैध सामान बरामद | बुटवलमा नौंवटा कम्पनीका नौंसय ग्यास वितरण | मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने |

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले नवउद्यमीलाई लक्षित गरेर बुटवलमा सोमबारदेखि विजनेश इन्कुवेशन तालिम सुरु भएको छ । तालिमको बुटवल उपमहानगरपालिकाका नगर उपप्रमुख सावित्रादेवी अर्यालले उदघाटन गर्नुभएको हो ।

उपप्रमुख अर्यालले तालिमले उद्यमशीलता विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आर्थिक स्थितिलाई बलियो बनाउन साना उद्यमलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै यो तालिम त्यसका लागि उपयोगी हुने बताउनुभयो ।

संघले उद्यमशीलता विकासका लागि विक्रमसम्बत २०७६ देखि विजनेश इन्कुवेशन सेन्टर सञ्चालन गर्दै आएको छ ।
नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रले विजनेश इन्कुवेशन सेन्टर स्थापना तथा सञ्चालनका लागि बुटवल उद्योग वाणिज्य संघलाई आर्थिक सहयोग गर्दै आएको छ ।

एक महिनासम्म सञ्चालन गरिने यो तालिममा २० जना नवउद्यमी सहभागी रहेको संघका कार्यकारी निर्देशक मदनकुमार कार्कीले जानकारी दिनुभयो ।
तालिम उदघाटनका अवसरमा संघका कार्यवाहक अध्यक्ष टंकप्रसाद गैरेले नवउद्यमीहरुलाई प्रोत्साहन र उनीहरुको उद्यम विकास तथा प्रवद्र्धनका लागि संघले यस अगाडि दुईपटकसम्म विजनेश इन्कुवेशन कार्यक्रम सञ्चालन गरिसकेको र त्यसबाट राम्रो प्रतिफल प्राप्त भएको बताउनु भयो ।
उहाँले सरकारी तहबाट प्राप्त भएको यो साथ र सहयोगले उद्यमशीलता विकासमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय