राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको २० औं स्थापना दिवशको अवसरमा मंगलबार लुम्विनी प्रादेशिक अस्पतालमा रक्तदान सम्पन्न भएको छ ।
रक्तदान कार्यक्रमकै अवसरमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका केन्द्रिय कार्यसमिति, प्रदेश कार्यसमिति र राष्ट्रिय चिकित्सक संघको हालै सम्पन्न महाधिवेशनबाट निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई बधाई तथा शुभकामना आदान प्रदान समेत गरिएको छ ।



राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ जिल्ला कार्यसमिति रुपन्देहीका अध्यक्ष बिष्णुप्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रम नेपाल रेडक्रस सोसाईटी रुपन्देहीको प्राबिधिक सहयोगमा भएको हो ।
त्यस अवसरमा कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका केन्द्रीय उपमहासचिव खगराज पोख्रेल तथा विशिष्ट अतिथीको रुपमा नेकपा एमाले जिल्ला कमिटीका उपाध्यक्ष हितराज पन्थी र लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. इन्द्र ढकाल तथा नेपाल स्वास्थ्य प्राबिधिक संघका केन्द्रीय अध्यक्ष बसन्तकुमार श्रेष्ठ सहभागी हुनुभएको थियो ।
उक्त कार्यक्रमको संचालन बिशेष जिल्ला कमिटी लुम्बिनी प्रादेशिक अस्पतालका सचिब बिरोध पाण्डे र स्वागत मन्तब्य कमिटीकी अध्यक्ष सिता खनालले गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै अतिथिहरुले संगठनले गरेको पुण्यकामको प्रसंशा गर्दै यस्ता रचनात्मक कार्यहरु निरन्तर गर्न र आफ्नो कामप्रति जिम्मेबार रही संगठनलाई अझै बलियो बनाउन शुभकामना दिनुभएको थियो ।
२० औं स्थापना दिवसको अवसरमा ५५ पोका रगत संकलन भएको राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल जिल्ला कार्य समिति रुपन्देहीका कोषाध्यक्ष भोजराज पोख्रेलले बताउनु भयो ।




