कञ्चन साथी सञ्जाल रुपन्देहीको आयोजनामा सञ्चालन गरिएको लागु पदार्थ दुब्र्यसनी बिरुद्धको ५ दिने अभियान अन्तर्गत विहिवार भएको मिनी म्याराथन प्रतियोगितामा प्रगती मा.वि.का नरसिंह लोधले १३ मिनेट ३४ सेकेण्डमा ३ कि.मी दुरी पार गरेका छन।
लागु औषध सेवनले जीवनलाई अन्धकार, परिवारमा अशान्ती ल्याउछ र नसामा होइन खेलकुदमा रमाऔं भन्ने सन्देश सहित कञ्चन गाउँपालिकाको आर्थिक सहयोग तथा सुनगाभा सामुदायिक बिकास केन्द्रको समन्वयमा सञ्चालन गरिएको मिनी म्याराथुन दौड प्रतियोगितामा नरसिंह लोध प्रथम भएका हुन।



यस्तै जनजयोति माध्यमिक विद्यालयका राजेश लोध द्वितीय भएका छन । उनले १४ मिनेट २५ सेकेण्डमा दुरी पुरा गरेका हुन भने शुभ सृष्टि ग्रेजुएट फोरमा उमेश लोधले १४ मिनेट ३८ सेकेण्डमा दुरी पुरा गरी तृतीय भएका छन।
म्याराथुन दौड प्रतियोगितामा सहभागी तथा विजेता धावकहरुलाई सम्मान गर्दै कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले खेलकुद स्वास्थ्यका लागि मात्र नभएर एक समाजदेखि अर्को समाजसंगको सम्बन्धलाई जोड्नका लागि खेलकुद उपर्युक्त माध्यम हुने बिचार व्यक्त गर्नुभयो।
कञ्चन साथी सञ्जालका अध्यक्ष सुस्मिता नेपालीको अध्यक्षता, सचिव समिक्षा नेपालीको सञ्चालनमा भएको उक्त प्रतियोगिताका धावकहरुलाई रुपन्देहीको दानापुर तालमा सम्मान तथा पुरस्कृत गरिएको थियो।




